नक्सा मागेपछि लिएर गएँ, मैले के बिराएँ : बालेन

0
400

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएका छन् । स्वीकृत नक्साविपरीत संरचना बनाएर सञ्चालन गरिएको व्यापारिक अन्डरग्राउन्डमा डोजर चलाइएको हो ।

डोजरले संरचना भत्काएपछि मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, “उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।”
उनले यस्तै कारबाही अब गर्न नपरोस् भन्दै सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाउन आग्रह पनि गरे । बालेनले लेखेका छन्, “नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला ।”

आज बिहान अल्फाबिटा कम्प्लेक्समा बालेन पुग्दा सञ्चालकसँग चर्काचर्की परेको थियो । बालेनले नक्सा माग्दा सञ्चालकले तत्काल नक्सा आफूसँग नभएको प्रतिक्रिया दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here