बिर्तामोडमा राप्रपाको कार्यकर्ता प्रशिक्षण

0
366

बिर्तामोड ।

राप्रपा झापा क्षेत्र नम्बर–२ को आयोजनामा एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्षेत्रका अध्यक्ष दिपक मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पार्टीका केन्द्रिय प्रवक्ता भक्तिप्रसाद सिटौलाले रहेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष केशव ओझा क्षेत्र नम्बर ‘क’ का अध्यक्ष शंकर रिजाल, क्षेत्रिय समिती, पार्देशिक क्षेत्रको समिती नगर समिती, वार्ड समितीका अध्यक्ष र सचिबसहित सबै अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई केन्द्रिय प्रवक्ता सिटौला, प्रशिक्षण बिभाग सदस्य खुस्बु ओली क्षेत्रिय सचिव कुमार थापा, नगर अध्यक्ष रन्जु प्याकुरेल लगायतले प्रशिक्षण दिनु भएको थियो ।

बिर्तामोडमा भएको कार्यक्रम पृथ्वीनारायण शाहाको तस्बिरमा माल्र्यापण गरी उद्घाटन गरिएको कार्यक्रम करिब ६ घन्टा लगातार चलेको थियो । आगामी चुनाबको पूर्व तयारीका लागि राप्रपाले केन्द्रदेखि वार्ड तहसम्म प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here