बाल सुबोधिनी माविको अभिभावक भेला

१० भाद्र २०७९, शुक्रबार मा प्रकाशित

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा शुक्रवार अभिभावक भेला सम्पन्न भएको छ ।

भेलामा विद्यालयका प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिहरुका बारेमा प्रकाश पार्दै आ.व. २०७८÷०७९ को सामाजिक परीक्षणको प्रतिवेदन पेस गरेका थिए ।

भेलाले नयाँ व्यवस्थापन समितिका सदस्यहरुमा मुनिलाल राजवंशी, खिनमाया ढकाल, लोकेश्वर चौधरी र निर्मला न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । सोही भेलाले हरि सुबेदीको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघसमेत गठन गरेको छ ।

शिक्षक अभिभावक संघका सदस्यहरुमा विनोद रिमाल, नरमाया कडरिया, तुलसा बस्नेत, सुमित्रा राजवंशी, ध्रुव थापा र पुष्पा गौतम खनाल चयन भएका छन् ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका सचिव गोपीराज मैनाली, पूर्व व्यवस्थापन समिति सदस्य जीवन प्रसाईँ, नेपाली काँग्रेस मेचीनगर १४ नं वडाका वडा सभापति प्रेमबहादुर न्यौपाने, पूर्व प्रधानाधयापक भोला सुबेदीलगायतले मन्तव्य राखेका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न भेलामा स्वागत मुनिलाल राजवंशी र सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here