२७ वर्षीया आमा छोरासँगै विद्यालयमा

0
343

पढ्नलाई उमेरले छेक्दैन । जहाँ इच्छा त्यहाँ उपाय । इच्छा भएपछि जस्तै अबरोध पनि छिचोलिन्छ । गरे के हँुदैन र ? यी नेपाली प्रेरणादायी भनाइहरु सार्थक पारेकी छन् एक महिलाले । जो आफ्ना दुई छोराहरुसँगै स्कूले डे«समा किताब बोकेर स्फूर्तिका साथ पढ्न स्कूल जान्छिन् । उनी हुन् दक्षिणपश्चिमी नेपाल कञ्चनपुर जिल्ला पुनर्वास गाउँकी पार्वती सुनार ।

म सिक्न रमाइलो मान्छु र मेरा आफ्नै बच्चाहरू जस्तै सहपाठीहरूसँग स्कूलमा कक्षामा उपस्थित हुन पाउँदा मलाई गर्व लाग्छ –पार्वतीले भनिन् । पार्वती विद्यालयमा सातौं कक्षामा पढ्दैछिन् । उनको उमेरमा विद्यार्थीहरुले मास्टर्स तह पनि पार गरी सक्छन् । तर, २७ वर्षको छिप्पिएको उमेरमा पनि पार्वती चाहिँ सात कक्षामा पढ्दैछिन् । पार्वतीले आफूले घरायसी हिसाब राख्न सक्षम हुन साक्षर हुने आशा राखेको बताएकी छन् । उनी भन्छिन्– मलाई लाग्छ कि मैले पहिला मेरो स्कूल छोड्नु हुँदैनथ्यो । छुटेका पाठहरू प्राप्त गर्ने इच्छा उनले व्यक्त गरिन् ।

मलाई आमासँग स्कूल जान पाउँदा राम्रो लाग्छ, आमासँगै स्कूल जाने पार्वतीको ११ वर्षीय छोरा रेशमको भनाइ । हामी स्कूलका लागि हिँड्दा बाटामा कुराकानी पनि गर्छौं र हामी कुराकानीबाट सिक्छौं पनि –उनले भने ।

उनीहरु इँटाको सामान्य बेराबारा र टिनको छाना भएको सानो घरमा बस्दछन् जहाँ पार्वतीका छोराहरु रेशम, अर्जुन, सासुआमा र केही बाख्राहरु पनि रहेका छन् । उनीहरुको घरमा शौचालय छैन र नजिकैको सार्वजनिक जग्गा प्रयोग गर्दछन् । खानेपानीका लागि हाते पम्प छ । उनीहरु अरुकै खेतमा भए पनि खेत हरियाली पारेर, मेहतनका साथ काम गरेर जसोतसो जीवन गुजारा गर्दछन् । पार्वतीका श्रीमान् भने दक्षिणी भारतीय शहर चेन्नईमा मजदुरको रूपमा काम गर्छन् । जहाँ सुदूरपश्चिम नेपालबाट अरु धेरैजना पनि त्यहाँ रोजगारीका लागि जाने गर्दछन् ।

पार्वतीहरु सुनारहरू हिन्दू जाति व्यवस्थाको सबैभन्दा तल्लो तहमा रहेको दलित समुदायका हुन्, जसलाई पहिले अस्पृश्य भनिन्छ– तर पार्वतीले आफ्नो परिवारले कुनै दुव्र्यवहारको सामना नगरेको बताउँछिन् । ‘यहाँ म र मेरो परिवारलाई कसैले भेदभाव गर्दैनन्’ –उनले भनिन् ।

१५ वर्षको कुर्कुरे उमेरमा बहकाउमा परेर आफूभन्दा सात वर्षको जेठो पुरुषसँग भागेकी पार्वती सुनारलाई आफ्नो छुटेको पढाई पूरा गर्ने रहर, हुटहुटी र इच्छाले पुनः स्कूल भर्ना हुने सु–अवसर जुराइदियो र उनी स्कूल भर्ना भइन् अनि पढ्न पनि थालिन् । रमाइलो त के भने उनी आफ्ना दुई छोराहरुसँगै स्कूल जान्छिन्, पढ्छिन् र छोराहरुसँगै घर फर्किन्छिन् । स्कूले ड्रेसमा बाटामा लम्किरहेकी उनी कलिलै जस्ती देखिन्छिन् । तर, चिन्नेहरुले हाउभाउले जिस्क्याउँदा भन्छिन्– पढ्नलाई उमेरले छेक्दैन । पढ्नु जस्तो, विद्या जस्तो असली ज्ञान र धन अरु केही होइन रहेछ । पढाइले मानिसको ज्ञानको आँखा खोलिदिँदोरहेछ । बरु म सँगै तपाईहरु पनि पढ्न स्कूल आउनुहोस् ।

विद्यार्थीको हैसियतमा पार्वती औसत छिन् । तर, पढाइमा निकै चासो राख्दछिन् । पार्वती पढ्ने गाउँको विद्यालय जीवन ज्योतिका प्रधानाध्यापक भरत बस्नेतले बताए । पार्वती अहिले गणित विषय पनि राम्रोसँग जान्दछिन्, स्कूलका गणित शिक्षक नवराज ओझाको भनाइ ।

पार्वतीसँग एउटै कक्षामा बस्दा रमाइलो भएको उनका १४ वर्षीय सहपाठी विजय विकले बताए । पढ्न भनेरै भारतमा पाइरहेको घरेलु कामदारको काम छाडेर आफ्नो गाउँ आएकी पार्वती सुनार कम्तिमा १२ कक्षा पूरा गरेरै छाड्ने कटिबद्धता दर्शाउँदछिन् । पार्वती आफ्ना छोराहरु ११ वर्षीय रेशम सुनार र सात वर्षीय अर्जुन सुनारसँग स्कुलको गृहकार्य गर्छिन् । पार्वतीले छोरा डाक्टरहरु बनोस् भन्ने आशा गरेकी छन् ।

पार्वतीको प्रयासले नेपालमा तिर्खाएका गाउँका महिलाहरूलाई उनीहरूको घरेलु क्षितिजभन्दा बाहिर गएर केही सिक्न प्रेरित गर्दछ । जहाँ उनीहरू अझै पनि गरिबीसहित विभिन्न अभावको सामना गर्छन् । उनीहरुको ठाउँमा अवैध भए पनि बालविवाह व्यापक छ अर्थात् समाजमा कुरिती व्याप्त छ । यस्तोमा पार्वती सुनारको स्कूल वापसीले तत् समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । पार्वतीकै स्कूलमा कक्षा दशमा पढ्ने श्रृति सुनार भन्छिन्– उनले राम्रो काम गरिरहेकी छन् । मलाई यस्तो लाग्छ कि उनको कामलाई अरुले पछ्याउनु पर्दछ । भन्नुको मतलब सबैले स्कुल जानुपर्दछ, जुनकुनै उमेरका भए पनि । शिक्षा नै जीवनको ठूलो धन, ज्ञान हो । पार्वती सुनार पछाडि पारिएको समुदायबाट हुन् । उनको इच्छा, लगन, मेहतन र साहस समस्त नेपालीका लागि अनुकरणीय छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here