चीनसँग तनावका बीच ताइवानले देखायो अत्याधुनिक अमेरिकी लडाकु विमान

0
223

चीन,

चीनसँगको तनावको बीचमा ताइवानले आफ्नो सबैभन्दा अत्याधुनिक लडाकु जेट अमेरिकी निर्मित एफ-१६ भीको प्रदर्शन गरेको छ ।

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले यस महिनाको सुरुमा टापु राष्ट्रको भ्रमण गरेपछि चीनले ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो। त्यसपछि फेरि अमेरिकी सांसदहरूले कम्युनिष्ट राष्ट्रलाई आक्रोशित गर्दै भ्रमण गरेपछि ताइवान क्षेत्रमा झनै तनाव बढेको छ ।

आफ्नो भर्खरको सैन्य चालमा ताइवानले पूर्वी हुवालियन काउन्टीको एक एयरबेसमा एफ-१६ भी लडाकु विमानमा एन्टि शिप मिसाइलहरू लोड गर्दै प्रदर्शन गरेको हो । यस्तै ६ वटा उन्नत अत्याधुनिक जेटले राती नै जासुसीका लागि उडान भरेका थिए।

चीनले ताइवानको वायु रक्षा क्षेत्रमा युद्ध विमान पठाउन जारी राखेपछि एफ-१६ भीलाई गत वर्ष नोभेम्बरमा ताइवानमा पहिलो पटक तैनाथ गरिएको थियो । यो एफ-१६ लडाकु विमानको अपग्रेडेड भर्जन हो ।

ताइवानको सेनाले चिनियाँ कम्युनिष्ट सेनाले भर्खरै गरेको सैन्य अभ्यासको खतरा विरुद्ध सतर्क रहनुपर्ने बताएको छ।

ताइवानले यसअघि नै चीनले न्यान्सी पेलोसीको भ्रमणलाई जमिन र समुद्रमा उच्चस्तरीय सैन्य अभ्यास सुरु गर्ने बहानाको रूपमा प्रयोग गरेको आरोप लगाएको थियो। चीनले ताइवानलाई अलग्गिएको प्रान्त भन्दै आवश्यक परे बल प्रयोग गरेर भए पनि एकीकरण गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here