चीनमा प्रजातन्त्रको हनन् ! सरकारविरोधि आवाज उठाउनेहरूलाई गरिँदैछ प्रताडित

0
341

चीन,

चीन विश्वमा शक्तिशाली राष्ट्रहरूमध्ये एक हो। तर शक्तिसम्पन्न राष्ट्र चीनमा भने प्रजातन्त्रको बारम्बार हनन भइरहेको खबर प्रकाशमा आउने गर्दछ। एउटा प्रजातान्त्रिक देशमा जनताको केही मौलिक अधिकारहरू हुने गर्दछ। तर चीनमा भने साधारण जनताको मौलिक अधिकारको नै हत्या हुने गर्दछ।

चीनमा सरकार विरूद्ध आवाज उठाउने व्यक्तिलाई प्रताडित गरिएको खबर प्रकाशमा आएको छ। यस्ता व्यक्तिहरूलाई मानसिक रूपमा प्रताडित गरिएर मानसिक अस्पताल समेत पठाइने गरेको बताइएको छ।

मेड्रिडस्थित एनजीओ सेफगार्ड डिफेन्डरको एउटा रिपोर्टमा चीनी पुलिस अनि सरकारी अधिकारहरूले याचिकाकर्ता र मानवाधिकारका कार्यकर्याहरूलाई मानसिक अस्पताल पठाएको दाबी गरेको छ। उक्त अस्पतालमा उपचारको नाममा प्रताडना दिने गरेको पनि उल्लेख गरिएको छ। चीन सरकारको यस प्रकारको व्यवहारले प्रजातान्त्रिक देशको पोल विश्व सामु खोलिदिएको छ।

रिपोर्टमा देशमा वर्षौँदेखि सरकारविरोधि आवाजहरू दबाउने प्रयास गरेको उल्लेख गर्दै उक्त अस्पतालहरूलाई यस कार्यमा प्रयोग गरिने गरेको पनि खुलासा गरिएको छ। स्मरण रहोस्, केही वर्ष पहिला नै यस बर्बर प्रथालाई रोक्नका लागि केही कानुनुहरू पनि लागु गरिएको थियो।

यद्यपि चीनको सत्तारूढ कम्युनिस्ट पार्टी विरोधिहरूलाई निशाना बनाउनका लागि मानसिक अस्पतालको प्रयोग गर्दै आइरहेको छ। एनजीओको डाटाअनुसार ९९ जना चीनी नागरिकलाई २०१५ देखि २०२१ भित्र राजनीतिक कारणहरूले गर्दै जबरजस्ती मानसिक अस्पताल पठाइएको थियो। त्यहाँ लगेर उनीहरूलाई शारीरिक यातनाहरू दिने गरेको रिपोर्टमा बताइएको छ।
देशमा शान्ति कायम गर्ने नाममा चीन सरकारले कुनै पनि याचिकाकर्ता तथा कार्यकर्ताहरूलाई पूर्ण रूपमा न्याय प्रणालीबाट बाहिर राखेर काम गर्ने गर्दछ। एकजना वकिल कुनै पनि मुद्दा लड्नका लागि पनि स्वतन्त्र हुँदैन। सरकारविरोधि आवाज उठाउने वा न्यायको लागि माग गर्ने कुनै पनि व्यक्तिलाई यति धेरै यातना दिइन्छ कि भविष्यमा त्यो व्यक्ति केही गर्ने लायक हुँदैन।
एनजीओको रिपोर्टमा उल्लेख गरिएअनुसार पुलिस तथा सरकारी एजेट मनमानीपूर्वक कार्यकर्ताहरूलाई अस्पताल पठाउने गर्छन्। त्यहीँ डाक्टर र अस्पतालका कर्मचारीहरूलाई पनि यसो गर्नका लागि बाध्य गरिन्छ।

सर्वविदित नै भएको कुरा हो कि चीनको उइगर मुसलमानहरूप्रति कस्तो धारणा छ। यसैले चीनमा उइगर मुसलमानहरूप्रति पनि गलत व्यवहार गरिन्छ। त्यहाँ उइगर मुसलमानहरूको अवस्था एकदमै सोचनीय छ। धेरैपल्ट मानवाधिकार संगठनले चीनमा सत्तारूढ कम्युनिस्ट पार्टीले सुरक्षाको नाममा मानिसहरूको शोषण गरिरहेको आरोप लगाउँदै आइरहेको छ।

चीनमा मानिसहरूलाई बलजफ्ती परिवारसँग अलग गरिने र क्याम्पमा राखिने गरिन्छ। चीनको यस प्रकारको कार्यप्रति मानवाधिकार संगठनले असन्तुष्टि पनि व्यक्त गरेको छ। अर्कोतिर पछिल्ला केही वर्षहरूमा चीन सरकारले तिब्बतका मानिसहरूको संस्कृति, भाषा र धार्मिक स्वतन्त्रताको पनि हनन गरेको छ। यसअतिरिक्त हङकङ्गका नागरिकहरूको मानव अधिकारलाई पनि निमिट्यान्न पार्ने प्रयास गर्दै आइरहेको छ।

चीनको विस्तारवादी नीति र विश्वासघाती व्यवहारप्रति अहिले विश्व नै अवगत बनिसकेको छ। चीन एउटा प्रजातान्त्रिक देश हुँदाहुँदै पनि नागरिक अधिकार पनि यहाँ प्रजातान्त्रिक देश सरह छैन। यहाँ सरकारविरूद्ध आवाज उठाउने बित्तिक्कै यसलाई दमन गर्न चीनी सरकार हरप्रकारको जालझेल अप्नाउने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here