बाबा

0
287

 

बाबा ! टाल्दा टाल्दै मक्किएका  तिम्रा आङका ति लुगाहरु
बाबा ! परिश्रम र कष्ट झेल्दै सेतै फूलेका ति दार्ही जुँगाहरु
बाबा ! घामपानी असिनाले खुइलिएका  तालुका ति केशहरु
बाबा ! तनाब र अनिन्द्राले चाउरिएका  अनुहारका ति रेशाहरु मेरो हृदयको मन मन्दिर मा बसाइ पुज्दैछु म 
तिम्रो त्याग र समर्पणको मूल्य अहिले बुझ्दैछु म ।।

 

 

 

 


बाबा ! तिमीले सिकाएको आदर्स र नैतिकताको पाठहरु
बाबा ! तिमीले देखाएको प्रगति र सफलताका बाटाहरु
बाबा !  तिमीले बगाएको रगत र पसिनाको ममूलहरु
बाबा ! तिमीले म मा फूलाएको हर्ष र उमंगका फूलहरु
मेरो जीवनको हरेक पलमा महसुस गर्दैछु म
तिम्रा ति अमृत वाणिहरु आफू भित्र भर्दैछु म ।।

               बाबा ! मेरो शरीर ढाक्न तिमीले सिएका ति भोटाहरु
बाबा ! तिम्रो झल्को मेटाउने ब्लाक एन्ड वाइट ति फोटाहरु
बाबा ! हात समाइ क, ख, अ, आ लेखाएका ति पाटीहरु
बाबा ! बिरामी र कम्जोर हुँदा तिमीले टेकेका ति लाठीहरु
मेरो जीवनको सङ्ग्रालयमा लुकाइ राख्दैछु म
तिमीले छोएका ति हरेक चिजहरु किन्न माग्दैछु म ।

                       बाबा ! मेरो भोकप्यास मेट्न  तिमीले आधा भरेका ति पेटहरु
बाबा ! साहुको ऋण तिर्न बेचिएका  आमाका दाइजो र पेवा भेटहरु
बाबा ! बासको चोयामा खर बुवी  तितीले छाएका ति छाप्रो छानोहरु
बाबा ! ठेला उठिन्देल कोदाली खनी  तिमिले फलाएका ति पाथि मानोहरु
तिम्रो रगतले सिन्चिएको माटोमा  सपनाको शहर बसाउदै छु म
तिमीले जोगाएको अन्नको दानामा  प्रकृतिको मुहार हसाउदै छु म ।।

 

               बाबा ! मेरो शिक्षा र सफलता हेर्न सहेका ति आसु चोटहरु
बाबा ! म मा हरियाली बसन्त भर्न मुस्काइरहने ति ओठहरु
बाबा ! मेरो रोग र शोक मा अनिदो कटाएका ति रात हरु
बाबा ! मेरो जीवनको भार र बोझ ले स् झुकिरहने ति काधहरु
तिम्रो याद र सम्झनाको फूल मनको मझेरी मा सार्दै छु म
तिम्रो माया र साथको कमीले जीत मा पनि हार्दै छु म
तिम्रो माया र साथको कमी ले जीत मा पनि हार्दै छु म ।।

                                      बाबा ! गरिबी र अभावमा तिमी रोएका ति पलहरु
बाबा ! शोषक र सामन्ति ले तिमीलार्इ गरेका ति छलहरु
बाबा ! सहयोगको आशमा आफन्त सामु  फैलाइएका ति हातहरु
बाबा ! हेला र अपमानले समाज सामु स् झुकाइएका ति माथ हरु
सम्मान साथ फिर्ता ल्याउनेस् सङ्कल्प लेख्दै छु म
तिमीले देखेको सपनाको नगरीमा पाइला टेक्दैछु म ।।

 बाबा ! तिम्रो सन्तान भइ जन्म लिए जुनी जुनी को तपस्या सिद्ध भयो

बाबा ! म मा तिमी जिबित छौ सधै जीवन मेरो सफल सम्बृद्द भयो
बाबा ! त्याग, समर्पण र बलिदानको मूर्ति सन्सार हेर्ने दृष्टि तिमी
बाबा ! मैले पुझ्ने देबवी देवता मेरो आकास, धर्ती, सिङो श्रृष्टि तिमी

 तिमीले भोगेको जीवन गाथामा  नया इतिहास समेट्दै छु म
एक देसभक्त, अमर, महापुरुस स्वयं तिमी भित्र भेट्दै छु म
एक देसभक्त, अमर, महापुरुस स्वयं तिमी भित्र भेट्दै छु म ।।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here