वीरता जेसीजद्वारा महिला शसक्तिकरण तथा व्यक्तित्व विकास तालिम

0
445

बिर्तामोड ।

वीरता जेसीज बिर्तामोडले बाल्मिकी लिङ्कन कलेजका विद्यार्थीलाई एक दिने महिला शसक्तिकरण तथा व्यक्तित्व विकास सम्बन्धि तालिम प्रदान गरेको छ ।

कलेजका विद्यार्थीलाई महिला हिंसाको अवस्था, त्यसबाट बच्ने उपाय, हिंसाका विभिन्न अवस्थाका बारेमा जानकारी गराइएको थियो । साथै ब्यक्तित्व विकासका पक्षमा पनि प्रशिक्षण प्रदान गरिएको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले जानकारी दिए ।

वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रुगमबहादुर कुँवरको रहेको थियो । प्रमुख अतिथी डीएसपी कँवरले महिला हिंसाको अवस्था र कानुनी कारबार्हीको विषयमा जानकारी गराएका थिए । उनले विद्यार्थीलाई कसरी, कुन–कुन अवस्थामा महिलाहरु हिंसामा पर्ने जोखिम हुन्छ त्यसबारे पनि सजग गराएका थिए ।

कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष एवम् कार्यक्रमका प्रशिक्षक सञ्जिव चापागाईले सामाजमा हुने अपराध तथा ब्यक्तित्व विकासका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । उनले पछिल्लो समय युवा पुस्ता विभिन्न कुलतमा फस्दै गएको भन्दै विद्यार्थीहरुलाई सचेत गराएका थिए ।

कार्यक्रमका संयोजक दिवाकर प्रसाईले स्वागत गरेको कार्यक्रममा जेसीज आस्था बचान तथा मिसन भिजन उपाध्यक्ष बसन्त ढकालले गरेका थिए । घनश्यम चौधरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव टीकाराम खतिवडाले गरेका थिए । कार्यक्रममा बाल्मिकी लिङ्कन कलेजका एक सयबढी विद्यार्थीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here