विद्यालय बन्द गरेर सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा

0
302

उमानाथ भण्डारी
कमल ।

देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले आइतबार सरकारसंग विभिन्न माग राख्दै आन्दोलद स्वरुप विद्यालय बन्द गराएका छन् । आन्दोलनमा उत्रिएका लेखा सहायक र विद्यालय सहयोगी कर्मचारीले आफ्ना ११ बुँदे माग राख्दै देशैभरका सामुदायिक विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् ।

यसैक्रममा झापाको कमल गाउँपालिकामा रहेको २१ वटै सामुदायिक विद्यालयमा कार्यरत् कर्मचारीले विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । बन्दका कारण समयमा विद्यालय पुगेका शिक्षक र विद्यार्थी गेट बन्द भएका कारण फर्किएका छन् । कर्मचारीले सरकार समक्ष दरबन्दी श्रृजना गर्नुपर्ने, स्थाई गर्नु पर्ने र नेपाल सरकारले तोकेको न्युनतम तलव स्केल उपलब्ध गराउनु पर्ने लगाएत ११ बुँदे माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

विद्यालय कर्मचारीलाई सरकारले वेवास्ता गरेका कारण वाध्य भएर आन्दोलनमा उत्रिनु परेको शहीद धर्मभक्त माध्यमिक विध्यालयमा लेखा सहायक पदमा कार्यरत महेन्द्रकुमार अधिकारी बताए ।
दैनिक रुपमा विहान चाँडो आउने र बेलुका सबै काम सकेर ढिलो घरजाने भनेका विद्यालका कर्मचारी भएपनि कर्मचारीलाई सरकारले बेवास्ता गरेपछि आन्दोलनमा उत्र्न बाध्य भएको बताइएको छ ।

कर्मचारीको माग जायज भएकोले यसलाई सरकारले पुरा गर्नुपर्ने भन्दै कर्मचारीका आन्दोलनमा ऐकबद्धता जनाएको कमल २ स्थित कमला–मदन आश्रित स्मृती माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here