भारती बन्धुको अध्यक्षमा उमेश भारती चयन

0
336

झापा,

देशभरी छरिएर रहेका भारती बन्धुहरुलाई एकताबद्ध गर्ने उदेश्यले भारती बन्धुको राष्ट्रिय भेला भएको छ । आफ्नो परम्परागत धर्म, संस्कृति, रितिरिवाज, रहनसहनको जर्गेना गर्ने लक्ष्यका साथ भएको भेलाले अध्यक्षमा उमेश भारतीलाई चयन गरेको छ ।

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित कोटीहोममा शनिवार (आज) भएको भारती बन्धुहरुको प्रराम्भिक भेलाले राष्ट्रिय तदर्थ समिति गठन गरेको हो । बरिस्ठ उपाध्यक्ष युराज भारती भेलाले उपाध्यक्षमा ध्यानबहादुर भारती, मदन भारती, सुर्यमान भारतीलाई चयन गरेको छ भने महासचिब बिमल भारती, सचिवमा डम्बरबहादुर भारती र कोषाध्यक्षमा तीर्थ भारतीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यमा निर्मल भारती, हरि भारती, मुरारि भारती, लोकबहादुर भारती, सरिता भारती, नबराज भारती र प्रशुराम भारती चयन भएका छन् । भेलाले प्रदेश न १ इन्चार्जमा सञ्जु भारतीलाई चयन गरेको छ भने प्रदेश न १ सह–इन्चार्जमा राजु भारतीलाई जिम्मेवारी दिएको छ ।

भेलाले जिल्लामा इन्चार्ज र सह–इन्चार्ज तोकेर उनीहरुलाई जिम्मेवारी दिएको छ । झापा इन्चार्जमा ज्ञानेन्द्र भारती, मोरङ इन्चार्ज, पुस्पमनि भारती, सोलुखुम्बु इन्चार्ज बिकास भारती, काठमाडौ इन्चार्ज अर्जुन भारती, काठमाडौ सह–इन्चार्ज देबराज भारती, तेह्रथुम इन्चार्ज मित्र भारती, सिन्धुपाल्चोक इन्चार्ज उद्धब भारती, सिन्धुपाल्चोक सह–इन्चार्ज समिर भारती, रुपन्देही इन्चार्ज बिष्णु भारती र रौतहट इन्चार्ज के बि भारतीलाई तोकेको छ ।

अन्तर्राष्ट्रिय संरक्षकहरुमा अमेरिका बिशाल भारती, दोहा कतार घनेन्द्र भारती, दुवई यूएई तुलाराम भारती, कोरिया भिमराज भारती, चन्द्र भारती डेन्मार्क कमल भारती तोकिएको छ । अध्यक्ष उमेशले प्रत्येक जिल्लामा समिति निर्माण गरी संगठन बिस्तार गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here