मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा ४ का २९ बर्षीय कुमार राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका हुन् ।
ठक्कर दिने टिपर र चालक ईटहरी १ का राजकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।































