बिर्तामोड ।

नेपालीहरुको सांस्कृतिक पर्व तीज पछिल्लो समय भड्किलो र बिकृत बन्दै गएको जनगुनासो बढदै गएको बेला विराट बहुउद्देश्यीय सहकारी संस्था लि. को महिला परिचालन उप समिति बिर्तामोड-३ सैनिकमोडले फरक ढंगले तीज मनाएको छ ।
हरितालिका तीजको अवसरमा संस्थाको महिला परिचालन उप समितिले विराट सहकारी संस्थाको सभाको सभाहल सैनिकमोडमा आज नेपालको राजनीतिमा महिलाको अवस्था बिषयक वक्तित्वकला प्रतियोगिताको आयोजना गरि तीज मनाएको हो।
छ जना वक्ताहरुले वक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए । वक्तित्वकलामा सहभागिता वक्ताहरु मध्ये उमा भट्टराई आचार्य प्रथम, अम्बिका कार्की दोस्रो र दौपती गणेश तेस्रो भएका छन् । तीनै जनालाई पुरस्कार प्रदान गरिएको छ ।अन्य तीनजना सहभागी विन्दा खरेल , कल्पना मैनाली, र भावना अधिकारीलाई सान्तवना पुरस्कार प्रदान गरिएको छ ।
प्रमुख अतिथि प्रमुख जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्काले तीजलाई बिकृति सुसंस्कृत बनाउनु पर्ने बताउनुभयो। कार्यक्रमको अध्यक्ष महिला परिचालन उप समिति प्रमुख भिमा शिवाकोटीले परापुर्व कालमा घरमा मनाइदै आएको तीज रुपान्तर भएर सामुहिक रुपमा मनाउन थालिएपछि महिलाहरु नेतृत्व तथा ब्यक्तित्व विकास हुदै आएको बताउनुभयो ।

बिकृति ढंगले होईन संस्कृति सम्बर्द्धन गर्ने हिसाबले तीज मनाउँदै जानुपर्ने र यदि कसैले बिकृति ढंगले तीज मनाए त्यसको खबरदारी गर्नु पर्ने शिवाकोटीले बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य विर्तामोड वड न ३ का वडाध्यक्ष मदन बुढाथोकी , विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रूद्र सिटौला, विदेशी पाहुना टेरिमिकेसका फाउण्डेशनका टेरीले राख्नु भएको थियो।
कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश महिला परिचालन उप समिति प्रमुख शिवाकोटीले पार्नु भएको संचालन प्रेमा भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा प्रमुख तिलोचन भट्टराई, अधिबक्ता कविता शर्मा, शिक्षा सेवी देशु सुब्बा, बिराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्ष होमनाथ उपरेती, सलाहकार संचालक समितिका पदाधिकारीहरु, एबीसी नेपाल झापाकी अध्यक्ष कंनचना ढकाल सिटौला, लगायतको आतिथ्य रहेको थियो ।































