पूर्वाञ्चलकर्मी सापकोटा काठमाण्डौंमा सम्मानित, विपन्नको सारथी बन्दै शिवसताक्षी सेवा समाज

0
354

झिलझिले,

पूर्वाञ्चलकर्मी विनोद सापकोटा काठमाण्डौंमा सम्मानित भएका छन् । झापाको शिवसताक्षीबाट समाचारदाताको रुपमा कार्यरत रहेका सापकोटालाई काठमाण्डौंमा भएका एक कार्यक्रममा सम्मान गरिएको हो ।

काठमाडौँमा स्थापना भएको शिवसताक्षी सेवा समाज काठमाडौंले झापाका सापकोटासहित दुई जना पत्रकारलाई सम्मान गरेको हो । महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको वृहत कार्यक्रममा झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँवा लिम्बुले शिवसताक्षीका पत्रकार सापकोटा र कृष्ण चन्द्र सेलिङलाई सम्मान गरेका हुन् ।

शिवसताक्षी नगरको सर्वाङ्गीण विकासका लागि पत्रकार द्वय सापकोटा र सेलिङ केसीले पुर्याएको योगदानको कदर गर्दे शिवसताक्षी सेवा समाज काठमाण्डौले शनिबार भव्य कार्यक्रमको आयोजना गरेर उनिहरुलाई सम्मान गरेको हो । सापकोटा झापाको पूर्वाञ्चल दैनिक र काठमाण्डौको सेतोपाटी अनलाइनमा आवद्ध छन भने सेलिङ स्थानिय सतासी साप्ताहिक संंग आवद्ध छन् ।

तीनकुने स्थित व्यञ्जन पार्टी प्यालेस समाजले सो कार्यक्रम आयोजना गरेको हो । स्थापना पछि पहिलो पटक तीज विशेष कार्यक्रम आयोजना गरिएको सो समाजले जनाएको छ । समाजका संस्थापक जुली थापाका अनुसार २५ वर्ष अघि समाजको स्थापना भएको हो । शिवसताक्षी नगरबाट काठमाण्डौमा जुनसुकै कामका लागि रहेका नगरबासीलाई समाजले समेट्ने गरेको छ । सरकारी तथा गैर सरकारी सेवा, विद्यार्थी, व्यापार व्यवसाय, राजनीतिक क्षेत्र संग काठमाण्डौमा जोडिएका शिवसताक्षी नगरबासी समाजमा जोडिएका छन् ।

शिवसताक्षी सेवा समाजले शिवसताक्षीमा विपतमा परेका, गरिवीका कारण शिक्षा आर्जन गर्न नसकेका, रकम अभावका कारण उपचार हुनबाट बञ्चित नगरबासीलाई सहयोग गर्ने गरेको छ । शिवसताक्षीका अति विपन्न, अभिभावक विहिन बालबालिकाका लागि समाजले काठमाण्डौमा उनिहरुको जिवन रक्षाका लागि काम गरिरहेको छ ।

समाजका उपाध्यक्ष विजय खरेलका अनुसार नेपाल सरकारको प्रचलित कानुन सम्मत काठमाण्डौमा केन्द्रिय समिति गठन भएको हो । ‘अब नगर लगायत मुलुकका अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने योजनामा समाज पुगेको छ,’ उपाध्यक्ष खरेलले भने । कार्यक्रममा सहभागिलाई उपाध्यक्ष खरेलले नेपाली र अंग्रेजी दुबै भाषामा स्वागत गरेका थिए ।

उनका अनुसार शिवसताक्षी नगरबासी काठमाण्डौमा कुनैपनि कारणले समस्यामा नपरुन् भन्ने समाजको मुख्य उद्येस्य हो । शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापार व्यवसायका कारणले काठमाण्डौमा रहेका शिवसताक्षी नगरबासीको जुनसुकै समयमा समस्या आए तत्काल उद्यार र पुनस्थापना समाजले गर्ने गरेको । यो हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने ।

समाजमा नेपाल सरकारका सह सचिव देखि प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, बैक तथा वित्तिय संस्थाका उपल्लो तहका हाकिम, राष्ट्रिय स्तरका कलाकार पनि समाजमा आवद्द छन् । समाजका अधयक्ष बलबहादुर राउतका अनुसार समाजको संजाल देसैभरि पुर्याउने लक्ष्य राखिएको छ । उनले भने, चालु आर्थिक वर्षको अन्त्य सम्ममा समाजको संजाल देशैभरी पुग्ने छ ।’

कार्यक्रममा झापा क्षेत्र नम्बार ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा लिम्बू, हाँस्य कलाकार मनोज गजुरेल, गायक टंक बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । तीज विशेष कार्यक्रमसँगै एक औपचारिक कार्यक्रम गर्दै समाजले स्थापना काल देखि हाल सम्म गरिएका समाजसेवाका कामको फेहरिस्त सार्वजानिक गर्यो ।

मुनाफा रहित, गैर राजनीतिक हिसावले सामाजिक सेवाका लागि स्थापना गरिएको संस्था शिवसताक्षी सेवा समाजले मुटु रोगीहरूको विशेष उपचार गर्ने गरेको छ । त्यसबाहेक पनि अनाथ, असाहाय र गरिबीको रेखामुनी रहेका बालबालिकाका लागि पनि संस्थाले आर्थिक सहयोग जुटाइदिईरहेको छ ।

शिवसताक्षी सेवा समाज नेपालमा लोकपृय समाजिक संस्था हो । संघिय सांसद एलपी साँवा लिम्बूले समाजको योगदान काठमाण्डौ मा अतुलनिय र शिवसताक्षीमा उदाहरणीय भएको बताए । उनले भने, ‘शिवसताक्षी नगरबासीले काठमाण्डौमा गरेको सामाजिक काम अरु पालिकामा पनि अनुकरणीय बनोस् ।’

समाजका अध्यक्ष बलबहादुर राउतले दाताबाटै समाज संचालन हुने पनि बताए । उनले भने,‘नेपालभर कार्यक्षेत्र बनाएर समाजले काम गर्ने र दाताहरूको सहयोगलाई पारदर्शी ढंगले सम्वन्धीत व्यक्तिहरू माझ पुर्याइरहेको छ ।’

संस्थाका आजिवन सदस्य तथा सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रवन्धक शिवसताक्षीका समाजसेवी चुडामणी चापागाईँले समाजकै नामबाट शिवसताक्षी नगरबासी काठमाण्डौमा स्थापित भएको बताए । उनले भने, ‘शिवसताक्षी नगरबासी हर क्षेत्रमा सामाजिक र अनुसाशित छन् भन्ने गतिलो उदाहरण शिवसताक्षी सोवा समाज मार्फत देखिएका छन् ।’

कार्यक्रममा महिलाहरूले तिजका गितमा नृत्य गरेर तिज मनाएका थिए । करिब चार सय महिला र सदस्यहरूको उपस्थितिमा शिवसताक्षी सेवा समाजले तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here