कानेपोखरीको रमाइलो महोत्सवमा नायिका रेखा थापा आउँदै

0
371

पथरीशनिश्चरे,

हरितालिका तिजको अवसरमा कानेपोखरीस्थित रमाइलो महोत्सवमा चर्चित नायिका रेखा थापा आउने भएकी छिन् ।

कानेपोखरी- ६ रमाइलो बस स्टेन्ड पुर्वको खाली जग्गामा यहि १४ गते मंगलबार उनी आउने भएकी हुन्।

आईतबारदेखि सुरु भएको ‘रमाइलो महोत्सव’ मा नायिका थापा दिनको ठिक २ बजे उपस्थित हुने भएकी छिन् । महिलाहरुको उत्सव एवं श्रद्धाको पर्वमा हौसला बढाउँनुका साथै दर्शकहरूसँगै छमछमी नाच्न र नचाउँदै रमाइलो गर्नको लागि नायिका थापा उपस्थित हुने भएको महोत्सव व्यवस्थापन संयोजक नवीन पौडेलले बताउनुभयो ।

उक्त दिन उपस्थित हुनेहरुका लागि टिकट निःशुल्क गरिएको आयोजकले बताएको छ । साथै, सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हर्सोल्लासका साथ उपस्थित हुन समेत आयोजकले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here