चीनको उत्तरी ११ वटा नाका ठप्प

0
519

चीन,

नाका सञ्चालनमा नआएका कारण लोड भएर आयात गर्न लागिएका सामग्री बिग्रन थालेको व्यापारी बताउँछन्। चीनतर्फका दुई नाका रसुवागडी र तातोपानी अघोषित रूपमा एकतर्फी बन्द छन्। दुई सातादेखि यी नाका हुँदै कुनै पनि सामान वारपार भएको छैन।

भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई चीनद्वारा औपचारिक जानकारी बिना दुवै नाका बन्द भएको बताउँछन्। ‘कहिलेबाट सञ्चालनमा आउने सूचना छैन। ठ्याक्कै यो कारणले बन्द भएको भन्ने जानकारी नभए पनि कोभिडका कारण बन्द भएको हुन सक्छ,’ महानिर्देशक भट्टराईले भने। दुई देशबीचको वाणिज्य सम्बन्ध भएका कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नाका बन्दबारे मौखिक जानकारी गराएको उनी बताउँछन्।

यी नाका हुँदै करिब २५ प्रतिशत व्यापार हुने भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ। यसले दैनिक आपूर्ति र मूल्यमा थप चाप पर्ने देखिन्छ। नयाँ लुगा र मासु बढी खपत हुने चाडनजिकिँदै गरेकाले पनि चिनियाँ नाका बन्दले यसको आपूर्तिमा चाप पने महानिर्देशक भट्टराई बताउँछन्। औपचारिक जानकारी नआएकाले कसरी खुलाउन पहल गर्ने भन्ने अन्योलमा सरकार पनि देखिएको छ। ‘सम्बन्धित मन्त्रालयसँग नाका खुलाउन कुरा भएको छ। हामी पहल गर्छौं भन्ने उत्तर आएको छ। अरू हामीले केही गर्न सक्दैनौं,’ महानिर्देशक भट्टराईले भने।

नेपाल–चीनबीच वस्तु व्यापारका लागि भन्दै ९ जिल्लाका १० नाका खुला गरिएका छन्। तर, पूर्ण सञ्चालनमा भने रसुवागढी र तातोपानी नाकामात्र थिए। ‘अहिले तत्काल सञ्चालनमा रहेका नाका भनेको तातोपानी र रसुवागढी हो। मौसमी वा हिउँ नपरेको बेलामा चल्ने भनेको किमाथांका नाका पनि हो। तर, तत्कालको अवस्थामा भने यी पनि बन्द छन्’, भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन्।

नेपाल चीन व्यापारिक कतिपय नाका २०१३–१४ सालदेखि नै खुला भएका हुन्। तर, व्यापारिक वा राजस्व संकलनका लागिभन्दा पनि दुई देशबीचको आपसी/आवातजावत र सीमानाका लागि वस्तु ओसारपसार गर्न खुला गरिएको हो। उत्तरी धेरै नाकामा बाटोको पूर्वाधार नै छैन। सुरक्षाका दृष्टिले पनि दुईदेशीय व्यापारका लागि सबल बनिनसकेको सूचना अधिकारी खड्का बताउँछन्। प्रायः नाका पुराना बार्टर सिस्टममा चलेका हुन्।

अब अहिले आधुनिक अवस्थामा पूर्वाधार खडा बिना चीनले सहजै अनुमति नदिने उनको भनाइ छ। चीन पक्षले कोरला नाकामा सबै पूर्वाधार बनाएर बसेका छन्। तर, नेपाल पक्षले भने पूर्वाधार तयार गर्न सकेका छैनौं। सुरक्षाकर्मीको उपस्थिति पनि नगन्य अवस्थामा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here