हलेसी ग्रुपद्वारा बिर्तामोडमा स्कुटर बिक्री शुरु

0
442

झापा ।

झापाको बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको स्कुटर विक्री वितरण शुरु भएको छ । हलेशी ग्रुपले आधिकारिक रुपमा यसको विक्री वितरण शुरु गरेको हो ।

पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गइरहेको बेला स्पेयर्स पाट्र्स सस्तो र सजिलै पाउन सकिने प्योर ब्राण्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड–३स्थित भगवान चौक नजिकैबाट विक्री वितरण शुरु गरिएको हलेशी ग्रुपमा सञ्चालक ईश्वरीप्रसाद बरालले जानकारी दिए ।

नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोट्स मोटर्सले केही समय अघि नै उक्त ई–स्कुटर नेपाली बजारमा भित्र्याएको हो । नियो इट्रान्स र इप्लुटो सेभेन जी गरी २ वटा ब्राण्डमा उपलव्ध रहेको यस कम्पनीको स्कुटर रातो, हरियो, कालो, पहेंलो, सेतो र सिल्भर गरी ६ वटा रङ्गमा उपलव्ध छ । ३ वर्षसम्म व्याट्रीको वारेन्टी रहेको यस स्कुटरको मूल्य नियो इट्रान्सको २ लाख ७५ हजार र इप्लुटो सेभेन जीको २ लाख साठी हजार रुपैयाँ रहेको छ । स्कुटरमा मोटर तथा कन्ट्रोलरको १ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

एकपटक फुल चार्ज गर्दा १ सय २० किलोमिटरसम्म यात्रा गर्न सकिने हलेसी ग्रुपले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य आकाशिँदो अवस्थामा रहेको बेला विद्युतीय मोटरसाइकल तथा स्कुटरको माग नेपाली बजारमा बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here