झापा ।

सोनालिका ट्याक्टरको बिर्तामोड–२ रामचोकस्थित आध्याश्री इन्टरनेशनलले चालक तालिम तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्नै शोरुममा झापा जिल्लाका विभिन्न स्थानका करिव ५० जना ट्याक्टर चालकहरुलाई उक्त तालिम दिइएको थियो ।
ट्याक्टर उत्पादन कम्पनी र विशेषताको बारेमा कम्पनीका असिस्टेन्स सेल्स मेनेजर पप्पु शर्मा र ट्राफिक नियम सचेतना जिल्ला ट्राफिक प्रमुख, कार्यक्रमका प्रमुख अतिथि अशोककुमार जबेगू, ट्याक्टर परिचालन सम्बन्धी चालक क्षमता अभिवृद्धि सिनियर सर्भिस मेनेजर मकसुद अन्सारीले सहजीकरण गरेका थिए ।
सञ्चालक राजेन्द्र थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत तथा औचित्यमाथि सहसञ्चालक उज्ज्वल भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रममा आध्याश्रीका प्रबन्ध निर्देशक अनुशील थापा, प्रबन्धक प्रकाश कोइरालाको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन मेची अञ्चल स्पेयर पार्टस् तथा सर्भिस इञ्चार्ज सुदीप सुब्बाले गरेका थिए ।































