चार वर्षदेखि बन्द छ टिप्ताला नाका, आखिर के चाँहन्छ चीन?

0
399

काठमाण्डौं ।

वैश्विक महामारी कोभिड १९ को कारण विश्वभरिका मानिसहरूले विभिन्न प्रकारको समस्याहरूको सामना गर्नु पऱ्यो। कसैको गाँस छुट्यो त कसैको वास उठ्यो।

विकासको गतिमा अग्रसर भइरहेको विश्व एकाएक धराशयी भएर रोकियो। एकातिर हाल कोरोनाको प्रकोप बिस्तारै घट्दै गएपछि विश्वका विभिन्न राष्ट्रहरूमा बिस्तारै जनजीवन सामान्य बन्दै गइरहेको छ भने हाम्रो देशभित्र भने अझै पनि असमन्जस्यता व्याप्त छ। छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको हाम्रो राष्ट्रमा सीमावर्ती नाका बन्द रहँदा विभिन्न प्रकारको सास्ती खप्न परिरहेको छ। कोभिड १९ को कारण चीनले सीमावर्ती नाका टिप्ताला नाकालाई चार वर्ष अघिदेखि बन्द गरेको छ।

फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित उक्त नाका नखोलिएकोले हाल गाउँवासीले विभिन्न प्रकारको समस्या खप्नु परिरहेको छ। चीन-नेपाल मित्रताको राग फलाक्नेहरूको मुखमा एउटा गतिलो झापड साबित भएको छ टिप्ताला नाका।

चीनले नेपालसँग मित्रताको नारा घन्काउँदै आएको छ। तर चीनले जहिले पनि नेपालका नागरिकहरूको समस्यालाई भने आँखीओझेल गर्ने गर्छ। विगत चार वर्षदेखि चीनले कोभिड १९ को बहानमा सीमावर्ती नाका बन्द गरेपछि ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो।

टिप्तला नाका बन्द भएको कारण गाउँवासीले धेरै प्रकारको दुःख खप्नु परेको गुनासो पोखाउँदै फक्ताङलुङले गत साता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समन्वय गर्न आग्रह गर्नुभएको थियो। अवगत गराउन चाँहन्छु, नेपालको चीन र भारतसँग सीमा जोडिएको छ। तर, चीनको सीमावर्ती छेत्रमा भने जहिले पनि समस्या उत्पन्न हुने गर्दछ। नेपालसँग जोडिएको रसुवागढी र तातोपानी सीमामा अवस्थित नाकालाई कोभिड १९ को मामिला बढेपछि गत १० अगस्तदेखि चीनले बन्द गरिएको थियो। जसको कारण नेपाल आइरहेका सैँकडौँ कन्टेनर त्यहाँ अलपत्र परेको थियो।

नाका बन्द भएपछि विगत चार वर्षदेखि स्थानीयहरू आर्थिक समस्याको भुमरीमा परेका छन्। यस क्षेत्रको मुख्य बजार नै तिब्बत नै रहेकोले नाका बन्द भएपछि जीविकोपार्जनमा नै समस्या उत्पन्न भएको छ। यहाँ बासिन्दाहरू अब आफ्नो घरबार त्यागी बसाइँ सर्न बाध्य बन्दै गइरहेका छन्। यो क्षेत्र एकदमै दुर्गम रहेको र सडक सञ्जालबाट टाडो रहेकोले आफ्नो उब्जनी बिक्रीका लागि नजिकै रहेको तिब्बतको बजारमा निर्भर पर्नु पर्दछ।

यसैले स्थानीयवासीको सामान आयात–निर्यातको मुख्य नाका रहेकाले चाँडै खोल्नुपर्ने गाउँपालिकाले जनाएको छ । विशेषगरी पशुपालन, जडीबुटी सङ्कलन र गलैँचा उत्पादन मुख्य पेशाका रुपमा अँगालेका स्थानीयको नाका बन्द हुँदा सामान निर्यात ठप्प भएको छ । जसको कारण महगाइँ बढेको छ र आयस्रोत घटेको छ।

देशभित्र रहेका अन्य बजारहरू टाडो रहेकोले दैनिक रूपमा आवश्यक सरसामान किन्न पनि गाह्रो परिरहेको स्थानीयहरू बताउँछन्। यसैले गर्दा आयात-निर्यात ठप्प भएपछि स्थानान्तरणकै स्थिति सिर्जना भएको कुरा स्थानीयवासीले पत्रमा उल्लेख गरेका छन्। ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सामान बोकेर लैजाँदा ओलाङ्चुङगोला, घुन्सा, फले र याङ्मा पुग्न चार दिन लाग्ने गर्दछ भने पालिकाको केन्द्र तापेथोकबाट सामान लैजाँदा तीन दिनमा पुऱ्याउन सकिन्छ ।

गाउँपालिका अध्यक्ष राजन लिम्बूअनुसार खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरु तिब्बत माथि नै आत्मनिर्भर रहेकोले नाका बन्द भएका कारण सडक सञ्जा समेत जोडिन नसकेको अवस्थामा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दा तीन दोब्बर बढी मूल्य पर्दछ । बिरामी तथा आपत्कालीन अवस्थामा तीन दिन पैदलयात्रा गर्नु परेकाले समस्या जटिल रहेको लिम्बूले जनाएका छन् । नाका खुलाउन तत्काल पहल एवं सहजीकरणका लागि पत्रमा अनुरोध गरिएको छ ।

नाका खुला हुँदा यस क्षेत्रका बासिन्दा एक दिनमा तिब्बतको रियू बजार किनमेल गरेर घर फर्किन सक्छन् । सडक सञ्जालबाट टाढै रहेको यस क्षेत्रका समुदायले स्वास्थ्य, शिक्षालगायतका समस्या भोग्दै आएका छन् । बिरामी पर्दा हेलिकोप्टर ‘चार्टर्ड’ गर्छन् भने आर्थिकस्तर कमजोर भएकाले तीन दिनको बाटो पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रही आएको छ। देशभित्रकै एउटा तप्कामा यस प्रकारको स्थिति उत्पन्न भइरहेको समयमा देशका ठुल-ठुला व्यक्तिहरूले यसतर्फ ध्यान दिन अतिआवश्यक रहेको छ।

स्थानीयहरूको समस्यालाई राम्रोसँग बुझेर यसको सामाधान निकाल्नु पर्नेछ। कोभिड १९ बाट विश्वभरि जनजीवन सामान्य भइसक्दा पनि अझैसम्म नाका किन बन्द गरिएको छ यस विषयमा चीनसँग समन्वय स्थापित गरेर समाधानको बाटो निकाल्नु सरकारको कर्तव्य हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here