झापा, माई बेनी महिला कृषि सहकारी संस्था लिमिटेड शिवसताक्षी १० को १२ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष रोहिता मिश्र भट्टराईको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघकी महिला उपाध्यक्ष चम्पा खनाल सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी व्यवस्थापक इन्दिरा निरौलाले स्वागत गरेकी थिइन् । कार्यक्रममा ज्येष्ठ महिला मेनुकादेवी निरौला, नर्वदा शर्मा खनाल, उत्कृष्ठ कृषक विष्णु थापा, असल ऋणि चन्द्रकला चापागाई, रेखा विक, असल बचतकर्ता गोमा घिमिरे, गौरीमाया योङ्हाङ्ग, एसइईमा उत्कृष्ट जेनिषा थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, वडा नम्वर १० का वडाध्यक्ष हर्क वहादुर सिगू, गैडे कृषि सहकारी संस्थाका अध्यष समध्वज कार्की, ज्येष्ठ नागरिक सञ्चका अध्यक्ष पिताम्वर बराल, माईधाम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमलाल अधिकारी, गैडे सामुदायिक बनका अध्यक्ष नरवहादुर थपलिया, दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनप्रसाद लावती, दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष विदुषि विन्दा निरौला बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सहकारीको शेयर पूँजी ९३ लाख ४७ हजार लगानीमा रहेको कर्जा दुई करोड ८८ लाख ६० हजार दुई सय ८५ रुपैयाँ , बचत दुई करोड ६ लाख ५२ हजार ४ सय ७ रुपैयाँ ९२ पैसा रहेको र संस्थाको आम्दानी ४७ लाख ५० हजार ३ रुपैयाँ ७५ पैसा रहेको बताइएको छ । त्यस्तै खर्च ४४ लाख ३ हजार ४ सय ६६ रुपैयाँ ५२ पैसा र बचत ३ लाख ४६ हजार ५ सय ३७ रुपैयाँ २३ पैसा रहेको बताइएको छ ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव विमला प्रसाई संग्रौलाले गरेकी थिइन् ।






























