कमलमा आयुर्वेद अस्पतालको उद्घाटन

0
366

उमानाथ भण्डारी
कमल ।


झापाको कमल गाउँपालिका ६ स्थित प्रदेशिक आयुर्वेद अस्पतालको आज एक कार्यक्रममा बीच १ नम्वर प्रदेशका स्वस्थ्यमन्त्री जयराम यादव र कृषि मन्त्री झलकसिंह दर्लामीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

अस्पताल उद्घाटन भएपछि स्थानिय उत्साहित भएका छन् । २०७५ सालमा तत्कालिन प्रदान मन्त्री केपी शर्मा ओलिले शिलान्यास गर्नु भएको अस्पताल आज मन्त्री द्वयले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । अस्पताल उद्घाटन भएपछि स्थानिय उत्साहित भएकाछन् ।

भुमिदान महादान हो यस्तो पवित्र कामका लागी जग्ग्गा दान दिने जग्गा दातालाई धन्यवाद दिन चाहान्छु । यस्ता दानविरले जग्गा दान गरेका कारण आज यस ठाउमा यस्तो भव्य अस्पताल निर्माण भएको छ मन्त्री यादवले बताउनुभयो ।

अब यस अस्पतालको सन्चालन गर्ने जिम्वेवारी प्रदेश सरकारको काँधमा आएको छ । अस्पताल सन्चालनमा कुनै पनि समस्या आउन नदिने स्वस्थ्य मन्त्री जयराम यादवले बताउनु भयो ।

छोटो समयमा नै अस्पताल उद्घाटन भएको छ यसमा म खुशी छु । अस्पतालले यस क्षेत्रका जनतालाई स्वस्थ्य उपचारमा ठुलो सहयोग पुग्नेछ । अस्पताल उद्घाटन मात्र भएर हुदैन आवश्यक दक्ष जनशक्ति र उपकरण समयमा जडान भए मात्र विरामीलाको उपचार पाउन सक्ने छन् । यस को व्यवस्था चाडै होस र नमुनाको रुपमा यो अस्पताल सन्चालन हुन सकोस् भन्ने शुभकामना दिन चाहान्छु ।

आफ्नो परिवारको गाँस काटेर अस्पतालको निर्माणकालागी यस क्षेत्रका जनताले जमिन दिनु भएको थियो । त्यहाँ बाट सुरुभएको अस्पताल निर्माण अभियान पुरा भएर आज उद्घाटन भएको छ । यसमा हामि सबै जग्गा दाता शर्षित भएको जग्गा दाता मणी भण्डारीले बताउनु भयो ।

पछिल्लो समय आयुर्वेदिक उपचार तर्फ मानिसहरुको आकर्षण बद्दै छ । कमल गाउँपालिकामा प्रदेश स्तरिय आयुर्वेदिक निर्माण हुनु गौरवको कुरा हो । यो अस्पताल सन्चलनमा गाउँपालिका प्रचारमुखी अभियानमा लाग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।

पछिल्लो समय ७० प्रकारका नसर्ने रोग बाट मानिस हरु विरामी हुने गरेका छन् । अस्पतालमा आजै बाट सेवा ओपिटी सेवा सन्चालनमा आएको छ । याहँ बाट सबै प्रकारका विरामीको उपचार हुने अस्पतालका निमित्त आयुर्वेदिक चिकित्सक डाक्टर अनिल कुमार यादवले जानकारी दिनुभयो ।कार्यक्रममा जग्गा दातालाई खादा र सम्मान पत्र बाट सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here