पुस्तकालयलाई दाताले पुस्तक दिए

0
168

दुहागढी ।

राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयको पुस्तकालयलाई दाताले पुस्तक प्रदान गरेका छन् ।

विद्यालयमा बुधवार आयोजित एक कार्यक्रमका बिच स्थानीय समाजसेवी एवम् विद्यालयमा स्थापित हरिप्रसाद, लोकमाया, भगिरथा स्मृति अक्षयकोषका संस्थापक चुडामणि सुबेदी र उहाँकी धर्मपत्नी चन्द्रकला सुबेदीले ३० हजार मूल्य बराबरको पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक विश्व थापाले दाताहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा पुस्तकालय दिवसका महत्त्वका बारेमा चर्चासमेत गरिएको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here