मर्यादित पत्रकारिता बारे अन्तरक्रिया दुई वटा पुरस्कार घोषणा

0
433

झापा, नारी सञ्चार गृह झापाको ११औं स्थापना दिवस सम्पन्न भएको छ ।
स्थापना दिवसको अवसर पारेर महिलाहरुलाई पत्रकारितामा उत्पे्ररित गर्ने, क्षमता विकास र पेशामा कलम चलाउन सक्रियता बढाउने उद्देश्यले नारी सञ्चार गृह झापाले दुई वटा पुरस्कार घोषणा गरेको बताइएको छ । संस्थाले स्थापना दिवसका अवसरमा एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र २५ हजार ५ सय ५ रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार घोषणा गरेको हो । उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार महिलालाई प्रदान गरिने बताइएको छ ।
नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार झापाका पत्रकारका संघ÷संगठनले वितरण गर्ने पुरस्कारमध्ये नै ठूलो पुरस्कार राशि रहेको छ । उक्त पुरस्कार हरेक २÷२ बर्षमा वितरण हुने नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिइन् । पत्रकारिता क्षेत्रमा क्रियाशील र नवप्रवेशी महिलालाई सङ्गठित एवम् तालिम तथा प्रशिक्षण प्रदान गर्दै आएको संस्थाले रु. २५ लाखको अक्षयकोष खडा गरेको छ । पुरस्कारका लागि छुट्टै अक्षयकोष बनाइने बताइएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश नम्बर १का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले गरेका थिए । सो समारोहमा संस्थाको परिचय, कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत संस्थापक अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन् । कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. १ उपाध्यक्ष हिमा चेम्जोङले आफ्नो भनाइ राखेकी थिइन् ।
अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको दोस्रो सत्रमा मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिवद्धता विषयक अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई, एमाले झापाका सचिव शिव ढुंगेल, राप्रपा झापाका सचिव भवानी राजवंशी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, पत्रकारहरु गोपाल काफ्ले, सुब्रत न्यौपाने, पर्वत पोर्तेल तथा अधिकारकर्मीहरु कोपिला खड्का बस्नेत, कविता शर्मा, प्रमा भट्टराई, दीपक दास लगायतले विभिन्न सुझाव तथा प्रतिबद्धता राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन सचिव भूमिका फियाक सुब्बा र अन्तरक्रियाको सहजीकरण उपाध्यक्ष रेजिना रोदनले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here