विमल दहाल
इलाम, किरात राई यायोक्खा माई नगरको दोस्रो अधिवेशनले रामबहादुर राईको अध्यक्षतामा १५ सदस्यिय कार्य समितिको चयन गर्दै शनिबार सम्पन्न भएको छ।

नमूना सामुदायिक बनको सभा हलमा सम्पन्न अधिबेसवाट सबै पदमा सर्वसम्मत चयन भएको थियो। अधिबेशनबाट उपाध्यक्षमा मनकुमार खेवाचे, सचिवमा भीम बहादुर राई, सहसचिवमा शुक्रराज राई र कोषाध्यक्षमा निर्मला राई चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा सुजन राई, नारायण राई, मिना राई, दिनेश राई, रञ्जना राई, दिलबहादुर राई, विशाल राई, नवराज राई, इन्द्रदेवी राई र सन्तोषी राई चयन भएको जनाईएको छ । नवनिर्वाचित अध्यक्ष राईका अनुसार विधानत २१ सदस्यीय कार्यसमिति रहने र बाकी ६ जनाको मनोनयन गरिने जनाईएको छ।
साकेला लगायतका प्रस्तुती समेत रहेको अधिवेशनबाट जीत बहादुर राईको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिको सदस्यहरुमा ईश्वरप्रसाद राई, पूर्णबहादुर राई, अनिस राई, दिर्पदास राई, शान्ति राई र उर्द बहादुर राई रहेका छन ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथी किरात राई यायोक्खा केन्द्रिय सदस्य एबम् ईलाम जिल्ला इन्चार्ज प्रेम नाछिरिङ राई, विशेष अतिथि करसिंह कुलुङ राई, अतिथिहरु सेतु तामाङ, टुपेन्द्र एक्तेन, इश्वरी प्रसाद राई लगायतले अधिवेशन सफलताको मन्तव्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खा माईका अध्यक्ष राम बहादुर राई र सञ्चालन सचिव भीम राईले गर्नु भएको थियो .































