नेपाल बुध्दिजीवी परिषद कमलको प्रथम अधिवेशन सम्पन्न

0
365

उमानाथ भण्डारी,
कमल ।

नेपाल बुध्दिजीवी परिषदको कमल गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । एमालेको महत्वपूर्ण जनसंगठनका रुपमा रहेको नेपाल बुध्दिजीवी परिषद कमलको शनिवार केर्खामा प्रथम अधिवेशन सम्पन्न भएको हो ।

परिषदको शंसोधित नयाँ विधान अनुसार अहिले पालिका स्तरमा धमाधम अधिवेशन भैरहेका छन् सोहि क्रममा आज कमल गाउँ पलिको प्रथम अधिवेशन सम्पन्न भएकोमा शुभकामना दिन चाहान्छु । काम गर्न सहजताकालागी गाउँ ,जिल्ला, प्रदेश र संघ स्तरिय कमिटी गठन भएका छन् जो जाहाँ बसेर काम गरेपनि सबै एउटै हो ।

बुध्दिजीवी परिषदले के गर्नु पर्ने हो यस विषयमा तपाईहरु आफै जानकार हुनुहुन्छ । परिषदलाई बजबुत बनाउदै निर्वाचन लक्षित कार्यक्रम गर्नुपर्ने बेला आएको कार्यक्रमका प्रमुख अतिथी नेपाल बुध्दिजीवी परिषदका केन्द्रिय अनुशासन आयोगका सदस्य कमल ओस्तीले बताउनुभयो ।

त्यसैगरी संगठन शसक्त हुन नसकेका कारण स्थानिय निर्वाचनमा पराजय भोग्नु परेको छ । यो ठाउमा पाटीले चुनाव हार्ने नै होईन तर संगठनले शसक्त रुपमा काम नगरेका कारण हार व्योहोर्नु परेको छ । हामि समाजका बुद्धिजीवी बर्ग हौ ।

देशको अवस्था हिजो कता थियो आज कता गै रहेको छ , यो आम जनतालाई बुझाउदै आगामी मंसिर ४ गतेहुने संघ र प्रदेशको निर्वाचनमा लाग्नु पर्ने कार्यक्रमका विषेश अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधी मोहन कुमार बगालेले बताए ।

त्यस्तै नेपाल बुध्दिजीवी परिषद संग पाटीले ठुलो आश गरेको हुन्छ । समाजलाई गातिशील बनाउन तपाईहरुको हमत्व पुर्ण भुमिका छ । आज देशमा के भै रहेको छ तपाईहरुले बुझ्नु भएकै छ । आगामी दिनमा गाउँपालिकामा भएका सबैलाई गोलाकार बनाउदै निर्वाचनमा केन्द्रित भएर लाग्न विषेश अतिथी नेकपा एमाले कमलका ईन्चार्ज नारायाण गौतमले बताए ।

नेपाल बुध्दिजीवी परिषद कमलका सदस्य टेकनाथ रिजालले शाब्दिक शब्द द्वारा स्वगत गरेका थिए भने सचिव टिकादत्त गौतमले सन्चालन गरेका थिए ।

परिषदको अध्यक्षमा : रुकमान

नेकपा बुध्दिजीवी परिषद कमल गाउँपालिकाको शनिवार केर्खामा सम्पन्न प्रथम अधिवेशनले रुकमान सुब्बाको अध्यक्षतामा नयाँ नेृत्व चयन गरेको छ ।

१८ सदस्यीय परिषद्को उपाध्यक्षमा गोविन्द प्रसाद पौडेल, सचिवमा टिकादत्त गौतम उपसचिवमा टेकनाथ रिजाल र निर्मल गड्तौला, कोषाध्यक्षमा बचना राई सर्व सम्मत चयान हुनुभएको निर्वाचन समिती सदस्य उमानाथ अधिकारीले जानकारी दिए ।

त्यसैगरी परिषदको सदस्यमा तिर्थबहादर थापा,दुर्गा प्रसाद पराजुली,ओमप्रसाद निरौला,प्रभाखर काफ्ले, सुमन गौतम,रत्न थापा रामप्रसाद पोख्रेल,प्रतिमा पन्त,वलराम कट्टेल,डिक बहादर लिम्वु,मिना लावती,उमानाथ भण्डारी समेत निर्विरोध चयनहुनुभएको निर्वाचन समिती सदस्य अधिकारीले बताए ।

त्यसैगरी परिषदको आगामी भदौ २५ गते हुने प्रदेश अधिवेशनकालागी हल बाट मोहन कुमार बगालेलाई प्रदेश प्रतिनिधी पठाउने निर्णय गरिएको परिषदले जनाएको को छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here