पथरीशनिश्चरे ।

मोरङको विराटनगर महानगरपालिका–१२ स्थित भन्सार छली भारतबाट नेपालतर्फ ट्रकमा ल्याएको इलेक्ट्रोननिक सामान र ट्रक सहित मुल्य ३६ लाखको सामान प्रहरी टोलीले बरामद गरेको हो ।
विराटनगर महानगरपालिका वडा नं–१२ स्थित विराटनगर महानगरपालिका–१६ बस्ने बर्ष ५६ को ट्रक चालक राम विवेक महतोले भन्सार छली गरी भारतबाट नेपालतर्फ ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको इलेक्ट्रोननिक सामान र ट्रक सहित करिब ३६ लाख बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
आवश्यक कारवाहीको लागि ट्रकसहित सामान राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।































