पथरीशनिश्चरे ।

लागूऔषध मुद्दामा दुई वर्ष छ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पथरीशनिश्चरे–१ मा पक्राऊ गरेको छ।
सम्मानित जिल्ला अदालत, मोरङ्गले मिति २०७७ साल चैत–१७ गते गरेको फैसला बमोजिम लागूऔषध मुद्दामा दुई वर्ष छ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पथरी शनिश्चरे नगरपालिका –१ का ३२ वर्षे भिष्म लिम्बू भनिने बिष्णुकुमार लुम्फुवालाई प्रहरीले पक्राऊ गरेको हो।
यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा यही भदौं–१७ गते पथरी शनिश्चरे –१ मा फेला पारी पक्राउ गरी गरेको थियो। पक्राउ परेका प्रतिवादी लिम्बूलाई मोरङ्को जिल्ला अदालतमा दाखिला गरिएको हो।
मोरङ जिल्ला अदालतले आदेश गरी कैद–जरिवाना भुक्तानको लागि कारागार कार्यालय विराटनगर मोरङ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।































