प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्वर ५ (क) बाट कार्कीसहित सात जना सिफारिस

0
293

उमानाथ भण्डारी,
कमल ।

आगामी मंसिर ४ गते सम्पन्नहुने संघ र प्रदेशको निर्वाचनका लागि दलहरु यतिबेला आ–आफ्नो क्षेत्र बाट उमेद्घारको नाम सिफारिस गर्न व्यस्त छन् ।

यसै क्रममा झापा क्षेत्र नम्वर ५ (क) बाट प्रदेशसभा सदस्यका लागि नेकपा एमालेले हिक्मत कुमार कार्की सहित सात जनाको नाम सिफारिस गरेको छ ।

कार्कीले यसअघि १ नम्वर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएर साडे तीन वर्ष कुशलतापुर्वक जिम्वेवारी पुरागरि सक्नु भएको छ भने मंसिर ४ पछि गठनहुने प्रदेश नम्वर १ सरकारको मुख्यमन्त्रीको रुपमा कार्कीको नाम चर्चामा छ ।

प्रदेशसभा सदस्यकालागी कार्की सहित अम्वर सिवाकोटी, शारदा पराजुली, मदन अधिकारी,योगराज दाहाल गेहनाथ पौडेल र केदार ढुङ्गेलको नाम सिफारिस गरिएको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्वर ५ (क) का संयोजक चक्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

त्यसैगरी झापा क्षेत्र नम्वर ५ (क) बाट संघिय सांसदकालागी पाटी अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here