नेपालमा नयां रोग फेला पानीबाट नै सर्छ रोग

0
482

kartik 30  gate copy

झापा,मंसीर २३ । नेपालमा पहिलोपटक पानीबाट सर्ने नयाँ रोग भेटिएपछि सरकारले सतर्कता अपनाइएको जनाएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो रोग नेपालमा कसरी आयो भन्नेबारे अहिले अध्ययन अनुसन्धान भैरहेको र त्यसको लागि पानी परीक्षण गर्ने तयारी भैरहेको छ ।

पानी परीक्षणको लागि विदेश पठाउनुपर्ने भएकाले केहि समय लाग्ने महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताए । उनका अनुसार विदेशमा लगेर परीक्षण गरी यसको रिपोर्ट आउन एक महिना लाग्छ ।

परीक्षण गर्न धाराबाट आउने पानी र एयर कन्डिसनरबाट झर्ने पानीका थोपा पठाउने तयारी भएको उनले बताए । उपचारका क्रममा काठमाण्डूका २ जनामा पानीबाट सर्ने लिगिनायर्स डिजिज पाईएको हो । तर यो रोग नेपालकै नभई विदेशबाट आएका नेपाली वा विदेशीबाट नेपालमा प्रवेश गरेको महाशाखाले अनुसन्धान गरिरहेको जनाएको छ ।

पहिलोपटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौंका सबै अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफलको तयारी पनि गरेको छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु र पखाला लागे जस्तो हुनु यो रोगको लक्षण रहेको छ । यो रोगका किटाणु पानीका थोपाबाट श्वासप्रश्वासमार्फत फोक्सोमा पुग्ने चिकित्सकहरुको भनाई छ  । तरुन्त उपचार नगरे कडा निमोनिया हुने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर मरासिनीले बताए ।

यो रोगबाट जोगिन पानी उमालेर मात्र पिउने र अरु प्रयोगका लागि पनि पानी उमाल्नुपर्ने उनको भनाई छ । एयर कन्डिसनर, पानीका फोहरा, स्पा तथा नुहाउँदा प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ दिन प्रयोग गरिने मेसिन आदीबाट यो रोगका किटाणु सर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here