यी हुन् एमालेका सम्भावित उम्मेदवार

0
325

सुरेन्द्र भण्डारी,
झापा ।

आसन्न मंसीर ४को प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले जिल्लाका पाँचवटै निर्बाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमाले झापाले क्षेत्र नम्वर १ र ५मा मात्रै एक/एक जनाको नाम सिफारिस गरेको छ भने अन्य निर्वाचन क्षेत्रमा कम्तीमा चार जनाको नाम सिफारिस गरेको छ ।

नेकपा एमाले झापाको सोमवार सम्पन्न बैठकले झापा क्षेत्र नम्वर १ का लागि पार्टीका केन्द्रीय सदस्य रबीन कोइरालाको एक मात्र नाम सिफारिस गरेको हो । झापा क्षेत्र नम्वर २ का लागि चार जनाको नाम सिफारिस भएको छ । पार्टीका स्थायी कमिटी सदस्य देवराज घिमिरे र अग्नि खरेल, निर्वाचन आयोग सदस्य पवित्रा निरौला खरेल र जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस भएको पार्टीका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

त्यस्तै झापा क्षेत्र नम्वर ३बाट पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईसहित मोहनचन्द्र रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई र रबीना ढकालको नाम सिफारिस भएको छ ।

झापा क्षेत्र नम्वर ४मा मोहनप्रसाद गौतम, लालप्रसाद सावा, (एलपी), भोजकुमारी नेपाल, हिराकुमार थापा र चन्द्रकुमार शेर्माको नाम सिफारिस गरेको छ । पार्टीका प्रदेश सदस्य सावा प्रतिनिधि सभा सदस्य हुन् भने थापा प्रदेश नम्वर १का पूर्व कृषि मन्त्री हुन् ।

झापा क्षेत्र नम्वर ५मा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको एक मात्र नाम सिफारिस भएको नेकपा एमाले झापाका सचिव ढुङ्गेलले जानकारी दिए । झापा क्षेत्र नम्वर १मा सिफारिस भएका कोइराला २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई पराजीत गर्दै निर्वाचित भएका थिए । उनी नेकपा एमाले झापाको सहइञ्चार्ज समेत हुन् ।

झापा क्षेत्र नम्वर २मा सिफारिस भएका अग्नि खरेल पूर्वमहान्यायाधिवक्ता हुन् भने घिमिरे पार्टीको प्रदेश इञ्चार्ज हुन् । त्यस्तै पवित्रा प्रतिनिधिसभा सदस्य हुन् भने शिवाकोटी बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।
यता झापा क्षेत्र नम्वर ३मा सिफारिस भएका प्रसाई मेडिकल व्यवसायी हुन् । झापा ५मा सिफरिस भएका ओली पार्टीको केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री हुन् ।

यता प्रदेशसभातर्फ झापा क्षेत्र नं. १ क मा राजु कार्की, निलकण्ठ तिवारी, बन्धन मुण्डा, देवकुमार राई, शान्तिप्रसाद सापकोटा, रमा भण्डारी, कृष्ण कनाल, चन्द्र प्रसाईं, रामचन्द्र उप्रेती, राम ओली, शोभा खवास, इन्द्र बाँस्कोटा, मोहनप्रसाद ओली, भूपाल ओली, विष्णु सुवेदी, प्रेमकुमारी भट्टराई, निर्मला गौतम, राजु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यस्तै ख मा लता प्रसाईं, घनश्याम अधिकारी, लक्ष्मी राई, रेणुका डाँगी, पुरुषोत्तम अधिकारी, रमेश आचार्य, हरि घिमिरे, याम बरालको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ क मा एकराज कार्की, बद्री भट्टराई, रोमणि भट्टराई, चन्द्रा सेढाईको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ ख मा चिन्तन पाठक, हरि राना, रोहितमान ढकाल, देवीमाया भट्टराईको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. ३ क मा बसन्त बानियाँ, हरि तिम्सिना, चन्द्रमाया श्रेष्ठ, छवि चुडाल, लक्ष्मण पाठक, हरि राजवंशी, धनकेशर बस्नेत, सोम पोर्तेल, जीवन श्रेष्ठ र ललिता बस्नेतको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. ४को क मा तुलसी मैनाली, राधाकृष्ण खनाल, भरतइन्द्र बस्नेत, केहरसिंह भट्टराई, कृष्णकुमार भट्टराई, भैरव श्रेष्ठ, राजीव घिमिरेको नाम सिफारिस भएको छ ।

त्यस्तै ख मा खेम मिश्र, गोकर्ण ओझा, मनोज ताम्लिङ, तुलाराम बस्नेत, कमल कट्टेल, कृष्णप्रसाद खतिवडा, विनोद राना मगर, गजेन्द्र ताम्लिङ, डम्बर अधिकारी, लक्ष्मीनारायण खनाल (विशाल), मिलन कट्टेल, पुष्प सापकोटा, रवीन्द्र लम्साल र ओम पाठकको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. ५ को क मा हिक्मतकुमार कार्की, मदनप्रसाद अधिकारी, अम्बर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल र केदार ढुंगानाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. ५को ख मा होमबहादुर थापा, इन्द्र भण्डारी, लीला ढुंगेल दाहाल, नर्वदा गौतम, नारायण गौतम, उर्मिला ओली, अर्जुन राई, बोधप्रसाद घिमिरे, बलराम गजुरेल र कुमार साम्सुहाङको नाम सिफारिस भएको पार्टी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here