पाकिस्तानमा बाढीकाे कहर, भारत लगायत देशसंग सहयाेगकाे अपेक्षा

0
215

काठमाडौँ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो मुलुकलाई बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताएका छन् ।

प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् । शरिफले भारतसंग पनि सहयाेगकाे अपेक्षा गरेकाे भारतीय संचारमाध्यमले बताएका छन ।

उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको प्राप्त समाचारमा जनाइएको छ ।

बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्धार, पुनर्स्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

पाकिस्तानका कैयौँ क्षेत्रमा बाढीले गरेको क्षति न्यूनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।

त्यसैले उनीहरुलाई राहात र पुनर्स्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानी प्रधानमन्त्रीले सहयोगको अपिल गरेका हुन् ।पाकिस्तानमा केही समययता अविरल रुपमा वर्षा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here