‘एनसेल भोल्टे’ सञ्चालनमा

0
288

झापा।

एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको हो । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि रहेको बताइएको छ । जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्ने बताइएको छ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने एनसेलले जनाएको छ ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्ने जनाइएको छ । भोल्टे सेवाको सफलतापूर्वक सफ्ट लन्च सम्पन्न गरी एनसेलले भदौ १६ गतेदेखि व्यावसायिक रुपमा भोल्टे सेवाको शुरुवात गरेको बताइएको छ ।

हालको शुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ३३ र ग्यालेक्सी ए ५३, भिभोको वाई ५५, भी २३ र ह्वावेको नोभा ३ आई, वाई ९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरी यसको फाइदा लिन सक्ने जनाइएको छ ।

एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स १७२०१ ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्ने बताइएको छ । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ ।

व्यावसायिक रुपमा भोल्टे सेवा सञ्चालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधि मार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरैभन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ ।

एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्ने छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने र फोरजी नेटवर्कमा रहेको हुनुपर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here