९५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दुई हजार पाँच सय दिइने

0
347

बुद्धशान्ति ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ बर्ष उमेर पूरा भएका वडाका ज्येष्ठ नागरिकहरुलाई ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा रु दुई हजार पाँच सय रुपैँया उपलब्ध गराउने भएको छ ।

९५ वर्ष उमेर पूरा हुनुभएका समाजका सम्पत्ती, इतिहासका साक्षी ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वडाको मिटिङले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।

सो रकम जेष्ठ नागरिकबाट आर्शिवाद लिने चाड विजयादशमी अगाडी नै ज्येष्ठ नागरिकहरुलाई प्रदान गरिने वडाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here