कोभिड–१९का कारण स्थगित भएको प्याब्सनको गतिविधि शुरु

0
271

अर्जुनधारा ।

कोभिड–१९का कारण दुई वर्षदेखि स्थगित भएको निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन)को गतिविधि यस वर्षबाट सुरु भएको छ ।

यसैबीच प्याब्सन झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा बिहीबार अन्तरविद्यालय अतिरिक्त क्रियाक्लाप प्रतियोगिता अर्जुनधारामा सुरु भएको हो ।

अर्जुनधारा–११स्थित होलिका अङग्रेजी आवासिय विद्यालयको प्राङ्गण्मा प्याब्सन नगरका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन वडाध्यक्ष खगेन्द्र इङनामले गरेका थिए ।

प्याब्सनका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक कुमार रायाका अनुसार प्रतियोगिता अन्र्तगत प्राथमिकतर्फ हाजिरी जवाफ र चित्रकला, निम्न माध्यमिकतर्फ हाजिरी जवाफ, श्रुतिलेखन, निबन्ध र चित्रकला तथा माध्यमिकतर्फ निबन्ध, वक्तीत्वकला र कविता वाचन प्रतियोगिता हुने बताइएको छ ।

कविता वाचनतर्फ रुपेश बस्नेत र हरिनारायण भट्टराई तथा वक्तीत्वकलातर्फ प्रकाश पराजुली र सुवर्ण भट्टराई निर्णायक रहेका छन् । कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, उपाध्यक्ष टीआर गौतम, सदस्य सुमन शर्मा जम्मरकट्टेललगायतको आतिथ्यता रहेको थियो ।

सोही दिन समापन हुने प्रतियोगितामा २९ वटा विद्यालयका २५० जना बढी विद्यार्थीको सहभागिता रहने संयोजक रायाले जानकारी दिए । प्रतियोगिताको समापन र पुरस्कार वितरण कार्यक्रम ब्रीलीयन्ट एजुकेशन फाउण्डेशनमा हुने बताइएको छ ।

उपाध्यक्ष रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here