अन्तराष्ट्रिय साक्षरता दिवस मनाइयो

0
199

गणेश अर्याल, इलाम ।

५६ औ अन्तराष्टिय साक्षरता दिवसको अवसरमा इलामको रोङ गाउपालिकामा बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । हाजिरीजवाफ चित्रकला निबन्ध तथा शिक्षक र बिद्यार्थी सम्मान लगायतका कार्यक्रम सम्पन्न भएका हुन ।

हाजिरी जवाफमा गाउपालिकाका ५ वटा माध्यमिक बिद्यालय बिच कार्यक्रम स्थलमा नै प्रतिस्पर्धा गराइएको थियो । निबन्ध र चित्रकला मा भने वडा बाट छनौट भइ आएका हरु बिच निर्णायक मञ्डलले छानेर उत्कृष्ठ घोषणा गरेको थियो ।

यसरी सम्मानित हुने शिक्षक हरुमा उमाकान्त यादव, मित्रलाल भण्डारी, देबी प्रसाद आचार्य, प्रेमराज राइ, अनन्त राम ढुगेल, अम्बिका देबी भटराइ, खगेन्द्र कुमार दाहाल, गगा प्रसाद धिमाल मेघनाथ कटेल, दिननाथ पोखरेल, इन्द्र बहादुर चम्लागाइ, राम बहादुर गुरुङ ढुकराज पौडेल, नवराज रिसाल, हेमबहादुर कार्की लगायत अवकास प्राप्त शिक्षकहरु रहनु भएको थियो । त्यसैगरी उत्कृष्ठ अक ल्याइ गाउपालिका उत्कृष्ठ हुने बिद्यार्थीहरुलाइ समेत सम्मान गरिएको थियो ।

शिक्षा साखा अधिकृत श्रृति कुमारी तामाङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षकहरु बिद्यार्थीहरु, बिभिन्न वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधीहरु स्थानीय बासी पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा वडा नम्बर ३, ४ र ६का वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु लगायतका जनप्रतिनिधिहरु को पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोध गर्दै रोङ गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बिद्यालयले दिएको तथ्याङक गलत आएको बताउनु भएको छ । ‘शिक्षाको गुणस्तरमा सुधार ल्याउन योजना माग गर्दा बिद्यालयले गलत बिवरण बुझाएका छन् अध्यक्ष स्याङबोले सम्बोधन गर्दै भने, ‘बिद्यालय शिक्षाको सुधार गर्न शिक्षक बिद्यार्थी र अभिभावक सबै सक्रीय हुनु पर्दछ । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले हावापानी सुहाउदो पाठ्यक्रम अनुसार शिक्षा योजना बनाउनु पर्नेमा जोड दिनु भयो ।

रोङ गाउपालिकामा १८ जना बाल बालिका बिद्यालय शिक्षा भन्दा बाहिर रहेको शिक्षा साखा प्रमुख श्रुती कुमारी तामाङले कार्यक्रम सञ्चालनको क्रममा जानकारी गराउनु भएको छ । नेपालमा २०३१ साल फागुन १२ गते देखि मनाउने गरिएको राष्टिय शिक्षा दिवस देशमा गणतन्त्र को स्थापना भए पश्चात अन्तराष्टिय साक्षरता दिवसकै दिन मनाउन थारिएको हो । यसै बिच प्रदेश नम्बर १ लाइ यही दिवस को अवसर पारेर साक्षर प्रदेश घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here