उमानाथ भण्डारी
कमल ।

द एभरेष्ट बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आजबाट सेवाकेन्द्र गत साधारण सभाको सुरुगरेको छ ।
दमक ५ मा मुख्य कार्यालय रहेको सहकारीले ११ औ वर्षिक साधारणमा पेश गर्नकालागी तयार पारिएको प्रतिवेदन सस्थाका अध्यक्ष दिपक खरेलले सार्वजनिक गर्दै आज बाट सेवाकेन्द्र गत साधारण सभाको सुरु भएको जानकारी गराउनु भयो ।
अध्यक्ष द्वारा प्रस्तुत गरिएको प्रविदन अनुसार सस्था शेयर पुजी ७ करोड ७ लाख २ हजार रुपैया पुगेको छ । यो गत वर्षको तुलनामा ४१ लाख ७९ हजार ६ रुपेयाले बृद्धि भएको हो ।
त्यसैगरी बचत संकलन ४ अर्ब ७७ करोड ९ लाख ३८ हजार ५१९ रुपैया पुगेको छ । अन्य बचत तर्फ ५९ लाख १९ हजार २५९ रुपैया गरी जम्मा बचत ४ अर्ब ७३ करोड ५३ लाख ७९ हजार ९९८ रुपैया पुगेको छ । सस्थाले १० करोड ९६ लाख ७३ हजार ८४३ रुपैया आम्दानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शनिवार केर्खा सेवाकेन्द्र बाट सुरुगरिएको साधारणसभा क्रमश सुरुङ्गा, विर्तामोड, बुधवारे, उर्लावारी हुँदै भदौ २९ गते दमक सेवाकेन्द्र स्तरीय साधारण सभा गरेर सम्पन्न हुने छ भने भदौ ३० गते सुझाव संकलन सहितको माईन्युट प्रमाणीकरण गर्दै सस्थाको ११ औं साधारण सभा सम्पन्न हुने केर्खा सेवाकेन्द्र प्रमुख प्रेमचन्द्र भण्डारीले जनाकारी दिनुभयो ।
सस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विषेश अतिथी कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले सहकारीको उत्पती, विकास, सिद्धान्त र वर्तमान अवस्थाका बारेमा प्रकास पार्दै सहकारीका सन्चालक र कर्मचारीको लापर्वाहिका कारण कतिपय सहकारीले सदस्यहरुको विश्वास गुमाएको बताउनु भयो ।
कार्यक्रममा केर्खा बजार व्यावस्थापन समितीका अध्यक्ष अमल श्रेष्ठ,जेष्ठ सदस्य टेकनाथ खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सस्थाका प्रशासन विभाग प्रमुख धर्मानन्द भट्टराईले सन्चालन गर्नु भएको थियो भने केर्खा सेवा केन्द्र समितीका संयोजक भुवन चम्लागाईले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।






























