झिलझिलेका सम्राट श्रुति खेलन प्रतियोगितामा दमकमै पहिलो

२५ भाद्र २०७९, शनिबार मा प्रकाशित

झिलझिले।

निजी बिद्यालयहरुको छाता संगठन प्याव्सन दमक नगर समितिले अन्तर बिद्यालय स्तरीय अतिरिक्त कृयाकलाप प्रतियोगिता सञ्चालन गरेको छ ।

चार विधामा आयोजना गरिएको प्रतियोगिता दमक ५ स्थित सर्वोदय अंग्रेजी माविमा सम्पन्न भएको थियो । प्रतियोगिता विद्यालयका तहगत र छात्र छात्रा बीच भएको थियो ।

दमकमा रहेका ३५ वटा निजी बिद्यालयका बिद्यार्थी सहभागि कार्यक्रममा कविता वाचन तथा लेखन, अंग्रेजी स्पेलिंग लेखन , हाजिरी जवाफ , चित्रकला, निबन्ध लेखन लगायतका विधामा विद्यालयका छात्रा छात्र बीच कडा प्रतिस्पर्धा गराईएको थियो ।

आधारभुत तह अन्तर्गतका विद्यालयहरु मध्ये श्रुती लेखन प्रतियोगितामा छात्र तर्फ सप्तश्री एकाडेमीका छात्र सम्राट निरौला प्रथम भएका छन् । दमक नगरका संस्थागत ३५ विद्यालयका छात्र लाई पछि पारेर निरौला सो विधा अन्तर्गतको प्रतियोगितामा प्रथम भएका हुन् ।

यस्तै सो प्रतियोगितामा ब्राईटर ईलिस स्कूल र एलाईड ईलिंस स्कूल दोश्रो भएका थिए भने रोजेट ब्राईट र पूर्वाञ्चल ईलिस स्कूल तेश्रो भएका थिए । सोहि विधा अन्तर्गत छात्रा तर्फको प्रतियोगितामा बा्रइटर ईलिंस स्कूल र मदरलेण्ड ईलिस स्कूल प्रथम भए । सो प्रतियोगितामा मेची ईलिंस स्कूल र दमक आदर्श ईलिस स्कूल दोश्रो भएका थिए भने रोजेट ब्राईट स्कूलका छात्रा सो प्रतियोगितामा तेश्रो भएका थिए ।

यस्तै आधारभुत तह अन्तर्गतको हाजिरी जवाफ प्रतियोगिता तर्फ एभरेष्ट, नेपाल जापान क्रमश पहिलो र दोश्रो भएका थिए भने तेश्रो ग्लोवल एकाडेमी र सरल ईलिस स्कुल भएका थिए । यस्तै प्राथमिक तह अन्तर्गत मेची, विद्यालक्ष्मी र ग्लोवल एकाडेमी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका थिए ।

यता कविता लेखन र वाचन प्रतियोगिता अन्तर्गत माध्यमिक तहका छात्राको प्रतियोगितामा इस्र्टन स्टार, सनराईज मोडल स्कूल र ग्लोवल एकाडेमी पहिलो, दोश्रो र तेश्रो भएका थिए । यस्तै सो प्रतियोगिता अन्तर्गत छात्र तर्फ ग्लोवल एकाडेमी, दमक आदर्श र ईन्सपायर ईलिंस स्कूल क्रमस पहिलो र दोश्रो भएका थिए भने तेश्रो पाथिभरा एकाडेमी भएको प्याव्सन दमकका सचिव नविन योगीले बताए ।

यता बक्तृत्व कला अन्तर्गत छात्र तर्फको प्रतियोगितामा एभरेष्ट, एलाईड र सर्वोदय ईलिंस स्कूल पहिलो दोश्रो र तेश्रो भएका थिए । छात्रा तर्फको यो प्रतियोगितामा पहिलो ग्लोवल एकाडेमी, दोश्रो एलाईड र तेश्रो दमक आदर्श भएका थिए ।

प्रतियोगिता अन्तर्गत विजेता विद्यालयका छात्र छात्रालाई दमक प्याव्सनका अध्यक्ष जनार्दन मैनालीका लगायतले ट्रफि, प्रमाण पत्र लगायतका पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here