लागूऔषध सहति पाँच जना पक्राउ

२६ भाद्र २०७९, आईतवार मा प्रकाशित

बिराटनगर।

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप–महानगरपालिका–१५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे–९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्कीसहित पक्राउ गरेको हो ।

यता झापाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका धरान–१६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र २७ बर्षीय थोमस राईलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here