गणेशप्रसाद उप्रेतीको सभापतित्वमा नयाँ कार्य समिति

0
339

कनकाइ।

नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं–९ का कृयाशिल कार्यकर्ताको भेलाले गणेशप्रसाद उप्रेतीको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । उक्त कार्य समितिको उपसभापतिमा शिव राजवंशी र लता श्रेष्ठ, सचिवमा राजेन्द्र आङबुहाङ र भोलानाथ मिश्र, सहसचिवमा जीवनकुमार श्रेष्ठ र दिवस पराजुली चयन भएका छन् ।

समितिका सदस्यहरुमा युवराज मिश्र, गणेशचन्द्र राजवंशी, भक्तबहादुर तिम्सिना, लैनबहादुर भण्डारी, छत्रबहादुर सिवा, तीर्थकुमार नेपाल, सुस्मिता खड्का, लक्ष्मी दाहाल पाण्डे, मानबहादुर श्रेष्ठ, रचना प्रसाई, टहलबहादुर राजवंशी, दुर्गाचरण राजवंशी चयन भएका छन् ।

नवगठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । शिव राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधि टिकाप्रसाद प्रसाई, क्षेत्र नं–२ प्रदेशसभा ‘क’ का सभापति लक्ष्मीप्रसाद आचार्य, कनकाइ नगर सभापति दुर्गाप्रसाद प्रसाई, क्षेत्रीय प्रतिनिधि गोविन्दकुमार प्रधानले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गर्नुभएको थियो । भेलाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रेमप्रसाद राजवंशी, नारायणप्रसाद नेपाल, शान्ता चुडाल, झुमा आचार्य बेडारी, ढुण्डिराज ढकाल, तारादेवी थपलिया, सुरेश बास्के, मिनाकुमारी राजवंशी र मुना शिवा रहेको संगठन परिचालन समिति पनि गठन गरेको चन्द्र चुडालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here