विनोद सापकोटा
झापा,
झापा प्याब्सनले एक सातादेखि जिल्लाका विभिन्न पालिकामा आयोजना गरेको अतिरिक्त क्रियाकलाप कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रम एक भव्य कार्यक्रमको आयोजना गरि बुधबार सम्पन्न गरेको छ ।
पालिकाबाट छनौट भएर उत्कृष्ट भएका विद्यालय र सो का विद्यार्थीलाई झिलझिलेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रमका विच पुरस्कार वितरण गरिएको हो । पार्कको सभाहलमा आयोजित कार्यक्रममा बक्तित्वकला र हाजिरी जवाफको अन्तिम प्रतियोगिता समेत गराएको प्यावसन झापाका कोषाध्यक्ष अमृत तिम्सिनाले बताए ।
गएको भदौ २३ गतेदेखि प्यावसन झापाको आयोजनामा विभिन्न विधामा प्रतियोगिताका सुरु भएको थियो । विजेतालाई प्याव्सन झापाले एक कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गरेको हो । प्रतियोगितामा १४ पालिकाका विद्यालय सहभागी भएका थिए ।
संस्थागत विद्यालयका विद्यार्थीहरु बीच प्राथमिक र माध्यमिक तहका छात्र छात्राको बक्तृत्वकला, नेपाली र अंग्रेजी भाषामा निबन्ध लेखन, हाजिरी जवाफ र चित्रकला लगायतका विषयमा प्रतिस्पर्धा भएको थियो ।
कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित भएको अतिरिक्त क्रियाकलापका कार्यक्रम चालु शैक्षिक सत्र देखि सुरु भएको छ । प्याव्सन झापाका अध्यक्ष गौरिमान फागोले भने, ‘कोरोना संक्रमण दर विस्तारै घटेपछि प्याव्सन झापाले संक्रमणका कारण रोकेको कार्यक्रम सुचारु गरेको हो ।’
माध्यमिक तहको अन्तर्गतको छात्र तर्फ को बक्तित्वकला प्रतियोगिताको उपाधि फोनिक्स इङलिस बोर्डिङ स्कुलका छात्र रुपेश नेपाल ले चुमेका छन् । यस्तै दोस्रो उपाधि एभरेष्ट बोडिङ स्कूलका विवेक थापा र तेस्रो उपाधि नर्थ पोइन्ट इंग्लिस स्कूलका निहित सिग्देलले हात पारेका छन् ।
आयोजकले तयार पारेको शिर्षक प्रतियोगिता सुरु हुन ५ मिनेट अगाडी मात्र प्रतिस्पर्धी विद्यार्थीले पाएका थिए । पाँच मिनेट भित्रैमा आयोजकले दिएको विषयमा विद्यार्थीले सहजै माईक्रोफोनबाट भाषणका रुपमा प्रस्तुत गरेका थिए । ‘जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालयका प्रमुख राजकुमार विकले भने, ‘पाँच मिनेट अगाडी विषय पाएका माध्यमिक तहका विद्यार्थीले माईकमा नेताको जस्तो गरेको भाषण चानचुने छैन ।’
सो विधा अन्तर्गत कञ्चनजंघा विर्तामोड, गोल्डेन सनराईज गौरादह, होलिल्याण्ड भद्रपुर, बेनुबाजा कनकाई, श्रीजना अर्जुनधारा, चिल्ड्रेन्स गार्डेन हल्दिबारी, मिनि माउन्टेन बाह्रदशी, जय पाथिभरा झापा, जयपुर बुद्धशान्ति, ज्ञानकुञ्ज गौरिगञ्ज र पशुपति शिवसताक्षीले सान्त्वना पुरस्कार पाएका छन् ।
यस्तै सो विधाको छात्रा तर्फ हरिकुल कनकाईकी खुस्बु ढँुगेल पहिलो, इरा इभरग्रिन बुद्धशान्तिकी कृतिका सापकोटा र तेश्रो विध्योदय गौरादहकी प्रज्ञा कार्की तेश्रो भएकी छन् । यस्तै सो विधामा बेल्स बिर्तामोड, पाथिभरा कमल, ग्लोवल दमक, एसएस निकेतन भद्रपुर, देवभुमी अर्जुनधारा, होलिबेल मेचीनगर, चिल्ड्रेन्स गार्डेन हल्दिबारी, ज्ञान ज्योती बाह्रदशी, साउथ होरिजन झापा, देवकोटा गौरिगञ्ज र न्यु ज्योफ्रि शिवसताक्षीले सान्त्वना पुरस्कार पाएका छन् ।
यता हाजिरी जवाफ प्रतियोगिताको पहिलो उपाधि नेशनल मेरिगोल्ड भद्रपुरका कुसलता राजबंशी र प्रनिल सत्यालले पाएका छन् भने दोश्रो उपाधि माउन्ट एभरेष्ट गौरादहका जेनिसा खतिवडा र ग्रेसी बास्कोटाले पाएका छन् । यता सो विधा अन्तर्गतको तेश्रो उपाधी फोनिक्स कमलका विद्या राई र रोजन राईले पाएका छन् ।
सो प्रतियोगितामा नवोदय विर्तामोड, बुद्ध स्मृति विर्तामोड, नमुना गौरादह, एभरेष्ट दमक, झापा मेरिगोल्ड कनकाई, होलिका अर्जुनधारा, थेसिस मेचीनगर, गोलधाप सनसाईन हल्दिबारी, मिनि माउन्टेन बाह्रदशी, जयपाथिभरा झापा, कर्णाली एजुकेसन बुद्धशान्ति, यूनिभर्षल एकाडेमी गौरिगञ्ज र न्यु ज्योफ्री शिवसताक्षीले सान्त्वना पुरस्कार पाएका छन् ।
यता माध्यमिक तहको अंगे्रजी विधाको निवन्ध प्रतियोगितामा कर्णाली एजुकेसन बुद्धशान्ति, नवोदय विर्तामोड, मदरल्याण्ड दमक, माउन्ट एभरेष्ट गौरादह र देवकुल विर्तामोड क्रमस उत्कृष्ट पाँचमा परेका छन् । उनिहरुलाई प्याव्सन प्रदेश सल्लाहकार समितिका सदस्य मिलन ढुँगानाले मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।
प्राथमिक तह अन्तर्गतको सो विधामा लिटल स्टार बाह्रदशी, न्युटन विर्तामोड, एलाइड दमक, एमिटी विर्तामोड र चिल्ड्रेन्स गार्डेन हल्दिबारी उत्कृष्ट पाँचौमा परेका छन् । विजेता विद्यालयका शिक्षक र विद्यार्थीलाई मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।
नेपाली विधामा माध्यमिक तहको निवन्ध लेखन प्रतियोगिताको उत्कृष्ट पाँचमा देवकोटा गौरिगञ्ज, नमुना अंग्रेजी गौरादह, नवोदय कमल, ड्रिमलेण्ड दमक, बेल्स विर्तामोड परेका छन् । उनिहरुले पनि मेडल, ट्रफि र प्रमाण पत्र पाएका थिए । सो विधाको प्राथमिक तह अन्तर्गत जयपुर स्कुल बुद्धशान्ति, निहारिका कमल, कञ्चन विर्तामोड, एलाइड दमक र विभुती विद्यामन्दिर भद्रपुर पहिलो देखि क्रमस पाँचौ भएका छन् ।
यता चित्रकला अन्तर्गतको प्राथमिक तहको विधामा छात्र तर्फ लिटल स्टार बाह्रदशी, सर्बोदय दमक, होलिल्याण्ड भद्रपुरले पहिलो दोश्रो र तेश्रो स्थान पाएका छन् । एभरेष्ट दमक र अरुणोदय कनकाईले सान्त्वना पुरस्कार पाएका छन् । यसै विधाको छात्रा तर्फ लिटल स्टार बाह्रदशी, डाउन भिलेज गौरिगञ्ज र कञ्चनजंघा बुद्धशान्तिले पहिलो दोश्रो र तेश्रो उपाधि पाएका छन् । देवि पाथिभरा अर्जुनधारा र मनकामना विर्तामोड सो विधामा सान्त्वना भए ।
यस्तै माध्यमिक तहको चित्रकलामा न्यु एभरग्रिन बुद्धशान्ति, नर्थ पोइन्ट मेचीनगर, एभरग्रिन कमल, मुनामदन बुद्धशान्ति, कन्चन्जंघा विर्तामोड क्रमस प्रथम, द्धितिय, त्रितीय, चौथो र पाँचौ भए । उनिहरुलाई प्रमाण पत्र र मेटल र ट्रफि प्रदान गरिएको थियो ।
प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षमा भएको कार्यक्रम झापाका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राज कुमार विकको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्याव्सन झापाका वरिष्ट उपाध्यक्ष छत्र वहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको ओचित्यमाथि अध्यक्ष फागोले प्रकाश पारेका थिए । १७ वर्ष देखि तीन वटा कार्यक्रम झापा व्याव्सनले संचालन गरिरहेको उनले बताए । अतिरिक्त क्रियाकलाव, सांस्कृतिक र स्पोर्ट्स कार्यक्रम झापा व्याव्सनको क्यालेण्डर अनुसार जिल्लामा संचालन भइरहेको उनले बताए । दुई वर्ष अघि देखि रोकिएको यी कार्यक्रमले पुन निरन्तरता पाएको उनले बताएकाछन् । कोरोनाका संक्रमणका कारण ०७७ र ०७८ मा जोखिमका कारण प्याव्सन झापाले नियमित कार्यक्रम रोकेको थियो । कार्यक्रम आयोजक उपसमितिका संयोजक समेत रहेका व्याव्सन झापाका सचिव हरि कृष्ण पाठकले कार्यक्रमको सहजिकरण गरेका थिए ।
छात्रा तर्फको बक्तृत्वकला प्रतियोगिताको उपाधी बिजेता हरिकुल माध्यमिक विद्यालय कनकाई नगरपालिकाकी खुस्बु ढुँगेल ।
(फोटो फिचर सहित)