विद्यालय प्रथम विद्यार्थीको पढाइमा वडाध्यक्ष कार्कीले सहयोग गर्ने

0
355

पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष नवीन कार्कीले बालदिवसको अवसरमा वडाभित्रका तीन विद्यालयका प्रथम नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई आफ्नो मासिक तलबबाट शुल्क तिरी दिने भएका छन्।

बुधबार वडाभित्र रहेकाे दुर्गा आधारभूत विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडाध्यक्ष कार्कीले सो कुरा बताएका हुन्।

वडाभित्रका (बुद्ध माध्यमिक विद्यालय, दुर्गा आधारभूत विद्यालय र मिलन आधारभूत विद्यालय) तिनैवटा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यालय प्रथम विद्यार्थीहरुलाई आफ्नो मासिक तलबबाट यो शैक्षिक सत्रभरलाई लाग्ने सम्पुर्ण शुल्क, कापीकलम, स्कुल ब्याग, जुत्ता, कपडाको ब्यबस्थापन आफुले गरिदिने घोषणा गरेका छन् ।

उक्त विद्यार्थीहरुको परिवारको निशुल्क स्वास्थ्य बिमा समेत वडा कार्यलयले गर्ने बताएका छन् । वडा नं८मा नयाँ जनप्रतिनिधिहरु आएसंगै सामुदायिक विद्यालयको गुणस्तर बढाउनको लागि वडा बाट निरन्तर अनुगमन तथा सरसहयोग भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here