झापाका सात वटा क्याम्पसमा नेविसंघको नयाँ नेतृत्व

0
366

झापा, नेपाल विद्यार्थी संघले झापामा सातवटा क्याम्पसमा इकाई समिति गठन गरेको छ ।
नेविसंघ झापाको कार्यतालिका अनुसार पहिलो चरणमा झापाका सात क्याम्पसमा समिति गठन गरेको हो । कोहेड क्यामपस बिर्तामोडमा आर्दश झापाको सभापतिमा ७१ सदस्यीय समिति गठन गरेको हो । त्यस्तै कनकाई क्याम्पस बिर्तामोडमा किरण गुरुङको सभापतित्वमा ७३ सदस्यीय समिति गठन गरेको हो ।
झापाका सबै क्याम्पसहरुमा समिति गठन गर्दै संगठन विस्तारलाई तिव्रता दिएको नेविसंघले कनकाई वहुमुखी क्याम्पस सुरुङगामा कुवेररत्न दाहालको सभापतित्वमा ३९ सदस्यीय, मनकामना क्यम्पस बिर्तामोडमा रोहित दाहालको सभापतित्वमा ५७ सदस्यीय समिति निर्माण गरेको हो ।
विरेन्द्र क्याम्पस चन्द्रगढी आश्विन पोखरेलको सभापतित्वमा ६१ सदस्यीय, इन्द्र चन्द्र क्याम्पस बिर्तामोडमा पवन दाहालको सभापतित्वमा ३९ सदस्यीय र त्रिदेव क्याम्पस चारआलीमा सौरभ बस्नेतको सभापतित्वमा ३५ सदस्यीय समिति गठन गरेको हो ।
बाँकी रहेका झापाका अन्य क्याम्पसमा एक साता भित्र समिति गठन गरिसक्ने जनाइएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेको निर्देशन बमोजिम ने बि संघ झापालाई चलायमान बनाउने र आगामी निर्वाचनमा पार्टीलाई जिताउन विद्यार्थीहरु संगठित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here