झापा ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरी देशका चार हजारभन्दा बढी विद्यालयको श्रेणीकरण गरेको छ ।
देशका चार हजारभन्दा बढी विद्यालयलाई श्रेणकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम श्रेणीमा परेको छ । सो विद्यालयले ९४.५९ अङ्क प्राप्त गर्दै प्रथम श्रेणीमा परेको हो ।
भदौ २३ गते सार्वजनिक गरिएको प्रतिवेदनअनुसार भक्तपुर व्यासीको एभरेस्ट ई स्कुल दोस्रो, कन्चनपुर रेश्मीटोलको भानु माध्यमिक विद्यालय तेस्रो, भक्तपुर दरबार स्क्वायरको पद्म मावि चौथो र काभ्रेको मंगलटारको मंगलजनविजय मावि पाँचौँ भएको छ । रुपन्देहीको कालिकानगरको कालिका मानव ज्ञान मावि छैटौँ स्थानमा रहेको छ । यी छ वटा विद्यालयको मात्र ९० अङ्क वा सोभन्दा माथि प्राप्त गरेका छन् ।
चार हजार ६७ विद्यालयमध्ये सबैभन्दा कमजोर विराटनगरको बालसुधार गृह विद्यालय रहेको छ । त्यस विद्यालयले जम्मा १८.७ अङ्क प्राप्त गरेको छ । यता झापा भित्रका सामुदायिक विद्यालयहरु मध्ये आदर्श मावि इँटाभट्टा झापामा पहिलो भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षणको प्रतिवेदनमा आदर्श मावि ४१ औ श्रेणीमा छ । उसले ८४ं.१३ अङ्क पाएको छ ।
झापामा दोश्रो हुने हिमालय मावि दमकले ८१ं.२३ अङ्क प्राप्त गरेको छ । यो मावि ९५ औ स्थानमा छ । यस्तै तेश्रो हुने शहीद धर्मभक्त मावि केर्खाले ७८.७२ प्राप्त गरेको छ । सो मावि १७० औ स्थानमा छ ।
यता ज्योति मावि भुत्लुङ ले ७७.०२ पाएको छ । यो विद्यालय २०९ औ स्थानमा परेको छ भने झापामा चौथो भएको छ । शिवसताक्षी नगरको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधे २३९ औ स्थानमा परेको छ । उसले ७७.०२ अङ्क पाएको छ । झापामा यो विद्यालय पाँचौ भएको छ ।
राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय शिवसताक्षी नगरमा भने पहिलो भएको छ । यस्तै झिलझिले माद्यमिक विद्यालय दोश्रो भएको छ । श्रेणी विभाजनमा २५१ औ स्थानमा झिलझिले माध्यमिक विद्यालय रहेको छ । झिलझिले माविले ७६.८४ अङ्क पाएको छ ।