भेटेरिनरी डाक्टर सुजाताको मोडलिङ मोह

३१ भाद्र २०७९, शुक्रबार मा प्रकाशित

काठमाडौं,

भेटेरिनरी डाक्टरको अध्ययनसँगै मोडलिङ र गायनमा आफुलाई संलग्न गराउँदै आएकी छिन् सुजाता पाण्डेले ।

बुटवल जन्मथलो भएर बिगत केही वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै भेटनरी डाक्टरको अध्ययनसँगै गायन र मोडलिङमा आफूलाई संलग्न गराउँदै आएकी सुजाताले एक दर्जन जति म्युजिक भिडियोमा अभिनयका साथै केही गीतमा स्वर दिएकी छिन् ।

विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिसमेत दिएकी छिन उनले । उत्कृष्ट नवगायिका, उत्कृष्ट मोडललगायत अवार्ड जित्नसमेत सफल भएकी छिन उनी ।

गायिका, मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने सुजाता यो क्षेत्रमा आफूलाई स्थापित गर्न कोसिसरत छिन । ‘चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान कायम गर्छु’, उनले भनिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here