‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नभए छुट्याइएको कोटा अरुलाई दिइन्छः भारतीय सेनाध्यक्ष

१ आश्विन २०७९, शनिबार मा प्रकाशित

काठमाडौं,

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नभए छुट्याइएको कोटा अरुलाई दिने बताएका छन् ।

पाण्डेले बुधबार भारतमा आयोजित एक कार्यक्रममा नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएका हुन् । टाइम्स अफ इण्डियाका अनुसार पाण्डेले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको उल्लेख छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले भने,‘भूपरिवेष्ठित देशले समयमै निर्णय नगरेमा भारतले आफ्नो नयाँ अग्निपथ योजना अन्तर्गत नेपालबाट सैनिक भर्ना गर्नका लागि रिक्त पदहरू फिर्ता लिन बाध्य हुन सक्छ ।

भारतीय सेनाले नेपाली युवा भर्ना गरेकोमा केही वर्गहरूले विरोध गरेकाले मंसिर २० गते हुने आमनिर्वाचनअघि नेपालले कुनै निर्णय गर्ने सम्भावना छैन । यो उनीहरू (नेपाल) ले लिने निर्णय हो ।’

भारत सरकारले गत जुन २४ मा अग्निपथ योजना सार्वजनिक गरेको थियो । भारतीय सेनाले देशभर भर्ना र छनोट प्रक्रियापछि दुईवटा ब्याचमा ४० हजार अग्निवीरलाई भर्ना गर्न लागेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here