पथरीशनिश्चरे,

अत्महत्या न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम मोरडको विराटनगरमा सम्मपन्न भएको छ ।
विराटनगर महानगरपालिका वडा नं१० रोडषेश चौकबाट अन्तर्राष्ट्रिय आत्महत्या दिवसको अवसरमा १ नं प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।
१ नं प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा १ नं प्रदेशका स्वास्थ्य मन्त्री, १ नं प्रदेशका सामाजिक विकास मन्त्री, १ नं प्रदेशका मुख्य न्याधिवक्ता, १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख, १ नं प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव,१ नं प्रदेशका अनुसन्धान निर्देशक, मोरङका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका भैरवगण थलाह व्यारेकका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं३ गण हेक्वा कङकालिनी गण टंकिसुनवारीका प्रमुख लगायतको विशिष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानिय तहका जनप्रतिननिधिहरु , पत्रकार, विभिन्न सघं संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधी, नेपाल स्काउट, स्थानिय भद्रभलादमी बुद्धिजिवी सहित ७ सय बढिको उपस्थितिमा अत्महत्या न्युनिकरण सम्बन्धी जनचेतना मुलक व्यानर तथा प्लेकार्ड सहित रोडषेश चौकबाट निस्किएको र्यालीले पर्चा र पम्पलेट वितरण गर्दै बजार परिक्रमा पछि जैनभवनमा आई आत्महत्या न्युनिकरण सम्बन्धी अन्तर्कृया कार्यक्रम भएको थियो।





























