गोलधापमा एनएमसी सहकारी पसल सञ्चालनमा

0
353

रत्नबहादुर बस्नेत,
हल्दिबारी।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले सहकारी पसल सञ्चालनमा ल्याएको छ।

झापाको हल्दीबारी-१ गोलधापमा एक समारोहका बीच हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्गदेनले एनएमसी सहकारी पसलको उदघाटन गरेका थिए।

उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले सुलभ पसलको रुपमा रहेको सहकारी पसलमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर सहकारीहरुले सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए। यसका लागि समन्वय र सहकार्य गर्न स्थानीय सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष लिङ्गदेनले कतिपय सहकारीले सदस्यको पैसा दुरुपयोग गरेको देखिएको भएपनि एनएमसीले सदस्य केन्द्रित कार्यक्रममा ध्यान पुर्याएकाले प्रगति गर्दै गइरहेको बताए।

सहकारी पसल व्यवसायगत उपसमिति संयोजक सूर्यप्रसाद मैनालीको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारी पसल व्यवसायगत उपसमिति सदस्य तथा राजगढ सेवा केन्द्र उपसमिति संयोजक खगेन्द्रप्रसाद ओझाले स्वागत गरेका थिए।

वित्तीयसहित पाँचवटा व्यवसाय सञ्चालन गर्दै आएको एनएमसीको चौथो व्यवसायको रुपमा रहेको सहकारी पसल विभिन्न १५ स्थानमा सञ्चालनमा रहेको बताइएको छ। सहकारीका सदस्य तथा गैरसदस्यलाई शुलभरुपले गुणस्तरिय उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहकारी पसलले वस्तु गुणस्तरियता, मूल्यमा एकरुपता र नियन्त्रण गर्न समेत सहयोग पुर्याइरहेको सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए।

उनले पसलले स्थानीय उत्पादनलाई महत्व दिंदै जाने बताए।सहकारी पसल व्यवसायको क्षेत्रमा संस्थाको कुल १८ करोड लगानी रहेकोमा गोलधापको पसलमा ५० लाखको लगानी र विशेष उपहार योजनासहित ३हजार ५ सय प्रकारका वस्तु उपलब्ध हुने सहकारी पसल व्यवसायगत उपसमिति संयोजक मैनालीले जानकारी दिए।

भद्रपुर-केचना क्षेत्रीय प्रमुख दिवस खतिवडाले सञ्चालन गरेको कार्यक्रममा गोलधाप बजार व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र काङवाङ्गलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा सञ्चालक समिति सदस्य हिराप्रसाद पोखरेल, सीताकुमारी श्रेष्ठ,लेखा सुपरिवेक्षण उपसमिति सदस्य अम्बिकाप्रसाद ढकाल,विभिन्न संघसंस्थाका प्रतिनिधि, विषयगत उपसमितिका पदाधिकारी,सेवा केन्द्र प्रमुखलगायतको आतिथ्य रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here