वीरता जेसीजको सप्ताहमा र्दुघटना न्यूनीकरणदेखि डस्टवीन वितरणसम्म

0
214

बिर्तामोड ।

जेसीज सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम गर्दै वीरता जेसीजले आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल जेसीजको स्थापना दिवसको अवसर पारेर जेसीज सप्ताह शुरु गरिएको हो ।

जेसीज सप्ताह अन्तर्गत वीरता जेसीजले दुर्घटना न्यूनीकरण महाअभियानको शुभारम्भ, जेसीज स्तम्भको अनावरण, स्वीमिङ प्रतियोगिता, साईक्लिङ र डस्टवीन वितरण सम्पन्न भइसकेको छ । दुर्घटना न्यूनीकरण महाअभियानको शुभारम्भ कार्यक्रममा वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा संस्थापक अध्यक्ष राष्ट्रिय सभाका सांसद गोपालकुमार वस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रम संयोजक विकास वस्नेतले स्वागत र कानूनी सल्लाहकार प्रकाश सुवेदीले आस्थावाचन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , निवर्तमान प्रमुख धुव्रप्रसाद शिवाकोटी, वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल, दुर्घटना न्यूनीकरण महाअभियानका अभियन्ता मदनगोपाल सुव्वा, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोककुमार जवेगू, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडलाई दाताले उपलव्ध गराएको प्राथमिक उपचार किट प्रदान गरिएको थियो भने विभिन्न सवारीसाधनका चालकलाई खादा लगाएर सम्मान गर्नुका साथै व्याग समेत प्रदान गरिएको थियो । त्यस्तै पाँच सय भन्दा वढी सवारीसाधनमा दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतनामुलक स्टीकर टाँसिएको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

त्यस्तै जेसीज सप्ताह अन्तर्गत जेसीज स्तम्भको अनावरण गरिएको छ । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा पूर्व अध्यक्ष राजेन्द्रप्रसाद चम्लागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका तालिम संयोजक जनक खड्काले स्वागत गरेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष मिजाश पोखरेल , निवर्तमान अध्यक्ष राजीव धिमाललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

त्यस्तै जेसीज सप्ताह अन्तर्गत स्वीमिङ प्रतियोगिता गरिएको थियो । बिर्तामोडस्थित हवि स्वीमिङ पुलमा भएको प्रतियोगितामा १५ जनाभन्दा वढीको सहभागिता रहेको थियो । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा पूर्व अध्यक्ष मिजाश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक युवराज कुँवरले स्वागत गरेका थिए ।

प्रतियोगितामा नसिव मगर प्रथम, योगेन थापा दोश्रो र आकाश श्रेष्ठ तेश्रो भएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

जेसीज सप्ताह अन्तरगत सोमबार बिहान मिनि साइक्लिङ र्याली र डस्टवीन वितरण कार्यक्रम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा पूर्व अध्यक्ष निर्मल भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष कुसल खतिवडाले स्वागत गरेका थिए भने कानूनी सल्लाहकार प्रकाश सुवेदीले आस्था वाचन गरेका थिए ।

साइक्लिङ कार्यक्रममा ४० जनाभन्दा वढी साइकल यात्रीले सहभागिता जनाएका थिए । बिर्तामोडबाट सालबारी हुँदै, बुट्टबारीबाट बिर्ताबजार भएर विराट पोखरीमा टुङ्गिएको थियो । साइक्लिङ १८ किलोमिटर दुरीको यात्रा गर्दै टुङगिएको हो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

त्यस्तै वीरता जेसीजको वार्षिक कार्यक्रम जेसीज सप्ताह अन्तर्गत डस्टवीन वितरण कार्यक्रम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा पूर्व अध्यक्ष सजेश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कानूनी सल्लाहकार प्रकाश सुवेदीले स्वागत गरेका थिए ।

कार्यक्रममा विराट सरोवर वहुउद्धेश्यीय विकास संस्थालाई आठ वटा डस्टवीन वितरण गरिएको थियो । कार्यक्रममा विराट सरोवर वहुउद्धेश्यीय विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद प्रसाईंले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए । जेसीज सप्ताह अन्तर्गत मंगलबार रक्तदान कार्यक्रम गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here