डीएसपी रिजाललाई उजिरसिंह दीप पदक

0
337

बिर्तामोड ।

संविधान दिवसको अवसरमा अर्घखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल प्रदेश स्तरीय उजिरसिंह दीप पदकबाट विभूषित हुने भएका छन् ।

लागूऔषध तथा हतियारको अवैध कारोबार रोक्न एवम् फरार अपराधीलाई पक्राउ गरी प्रदेशको शान्ति सुरक्षा ब्यवस्थापनमा सहयोग पु¥याएको भन्दै उनलाई विभूषित गरिएको हो । दाङ जिल्लामा रहेको समयमा अपराध अनुसन्धान उनले देखाएको तदारुपतालाई मध्यनजर गर्दै सरकारले पदक प्रदान गर्ने निर्णय गरेको हो ।

राजपत्रमा प्रकाशित सुचनामा रिजालले शान्तिसुरक्षा कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पदक दिने निर्णय गरेको हो । झापासहित विभिन्न जिल्लामा रहेर काम गरिसकेका रिजालले एक महिना अघि मात्रै अर्घखाँचीको नेतृत्व सम्हालेका छन् ।

उनले त्यस क्षेत्रमा लागूऔषध नियन्त्रणका अभियान नै सञ्चालन गरेका छन् । उनले गाँजा फडानीको अभियान सञ्चालन गर्दै लागूऔषधबाट समाजमा पर्ने असरको विषयमा विभिन्न कार्यक्रम समेत सञ्चालन गरेका छन् ।

प्रहरी नायब उपरीक्षक रिजाललाई यस अघि राष्ट्रपतिले नेपाल प्रताप सुभूषण पदकबाट विभूषित गरिसकेकेकी छन् । प्रदेश स्तरीय पदक आगामी वैशाख १ गते प्रदान गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here