मारवाडी युवा मञ्चका पूर्व महासचिव पुरुर्षोत्तम अग्रवाललाई मातृशोक

0
278

झापा, मारवाडी युवा मञ्चका पूर्व महासचिव पुरुर्षोत्तम अग्रवाललाई मातृशोक परेको छ ।
अग्रवालकी आमा अनितादेवीको ५३ बर्षको उमेरमा सोमवार निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । अग्रवालका दुई छोरामध्ये पुरुर्षोत्तम जेठा हुन् भने कान्छा गणेश अग्रवाल रहेका छन् । लामो समयदेखि मारवाडी युवा मञ्चमा सक्रिय रहेका पुरुर्षोत्तम सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।
मृतक अनिता देवीका श्रीमान अन्जनी अग्रवाल छन् भने दुई छोरा र तीन छोरीहरु रहेका छन् । तीन छोरीमा पिंकी अग्रवाल, निलम अग्रवाल र निशा अग्रवाल रहेका छन् । अग्रवाल परिवारले श्री भगवती राईस मिल सञ्चालन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here