चोरीको समान सहित दुई जना पक्राउ

0
161

सुनसरी ।

सुनसरीको इटहरी उपमहानगर पालिका–२० बाट प्रहरीले चोरीको समानसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी–२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन् । इटहरी–२० स्थितमा रहेको किरण क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार आठ पाकेट चोरी गरी बेचिरहेको अवस्थामा पक्राउ गरेको हो ।

चौधरी पक्राउ परे संगै सोधपुछको क्रममा पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनेर चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्रि गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो ।

चोरीको सामान बरामद भए सगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दमा म्याद थप गरी थप अनुन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here